News 24 Television
ककनी गाउँपालिका वडा नं २ मा माओवादीको जित

नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं २ मा भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका कृष्ण घिमिरे मिलन विजयी भएका छन् ।

घिमिरे १०८५ मतकासाथ बिजयी भएको  निवार्चन आयोगले जनाकारी गराएको छ ।०७९ को निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदार तिलक बहादुर लामाले ८८८ मत प्राप्त गर्दा घिमिरेले ७३४ मत ल्याएर पराजय भएका थिए ।  झिनो मतान्तरले पराजय भोगेका घिमिरे अहिले भने नेपाली कांग्रेसका उम्मेदवार सुर्य तामाङ जिम्बालाई  भारी मतले हराउँदै बिजय हासिल हुन पुगेका छन । घिमिरेले  ४९८ मत बढि ल्याएर निर्वाचित भएका छन् । नेपाली काँग्रेले यस उपनिर्वाचनमा लज्जासपद हार ब्यवर्होन पुगेको छ । 

जितेको वडवामा यति ठूलो मतान्तरले हारजितहुन भनेको भोलीको लागी पनि नेपाली काँग्रेसलाई सहज नहुनुनै हो । तर यस पटकको हारले काग्रेसभित्र तरगं पैदा गरेको काग्रेसका स्थानिय नेताहरु बताउछन । 

काग्रेसका मतदाताहरुमा आन्तरीक गुटको प्रभाब , काँग्रेसले आफना कार्यकर्तालाई सन्तुलनमा राख्न नसक्नुको कारणदेखि नेताहरुको गुटगत भेला र सम्बोधनकनको प्रभाब मतदातसम्म पुगेको  र मतदाताहरुलाई अन्य पार्टीले अर्थिक प्रभाबमा पार्न अन्तिमसम्म कोशीश गरेको प्रमाणहरु प्रचारप्रशारको दौरानमा भेटेको एक नेताले आरोप लगाएका छन् । 

त्यसकारण पनि मतदाताहरु मोडिएका देखिएको बताइन्छ । नेपाली काग्रसले ५८७ मत प्राप्त गर्दा नेकपा एमालेका नेता यमलाल तामाङले ३४१ मत प्राप्त गरेका थिए । 

रास्वपाका मगंल शिद्धि तामागंले ८३, राप्रपाका खेमबहादुर थापाले २८ ,नेकपा समाजबादी २६,नाउपा २३, नेमकिपा १६ र स्वतन्त्रले १ ल्याउन सफल भएका छन ।

नुवाकोटमा काँग्रेसले जितेको एउटा वडा गुमाउन पुगेको छ । यसकारण पनि काँग्रेसले हार ब्यवर्होनु पर्यो काँग्रेसका नेताहरुमा प्रदेश देखि जिल्ला हुँदै स्थानिय तह सम्म गुट तथा खेमाको छाया परेका र कार्यकर्तामा बिचलन पैदाभएको ,पार्टीले त्यसलाइ कभर गर्न नसक्दाँ परिणम घातक बन्नपुग्यो ।

काँग्रेसका नेता तथा कार्यकर्ताहरुले एकले अर्काको अस्तित्तो स्वीकार गर्न नसक्दाँपरिणम भने शुन्य साबित भइदियो । नेतादेखि कार्यकर्ता सम्म जुँगाको लाडाइलाई ककनी २ का कार्यकर्ता देखि मतदाताहरुले राम्रोसँग नजिकबाट नियालिरहेको स्थिीती थियो ।

जसको परिणामले काँग्रेसलाई निकै झटका लागेको देखियो । अर्कोतर्फ टिकट नपाउदाँको निराशाजनकअवस्थाका कारण पनि असन्तुष्टि बढेको देखिन्थ्यो,जसको उदाहरण वडाकै उपसभापतिको घरमा प्रचारप्रशार पार्टीकार्यलय राखेर चुनाबी प्रचार सञ्चालनको जिम्मेवारी दिइएको थियो ।

उम्मेदारी दर्ताकै दिन नै पार्टीकार्यलय  घण्टौ  बन्द गरेर काग्रेस नेताहरुलाई बाहिरै पारीदिए र आफु रास्वपाको उम्मेदार बने जसकारण पनि काँग्रेसलाई घाटा भयो ३० बर्ष काँग्रेसको लागी समय खर्चेका स्थानिय नेता मगंलशिद्धि तामागंले त्यस्तो सोचेजस्तो मत त ल्याउन सकेनन् ।


तर मतदातामा काँग्रेसप्रतिको बिश्वासमा कमि आयो, जति बर्ष काँग्रेसमा लागेपनि अब्सर  नपाइदो रहेछ भन्ने भाश्यसिर्जीत हुन पुग्यो ।अर्कोतर्फ माओदीका केन्द्रिदेखि प्रदेश हुदै तलसम्मका नेताहरु निरन्तर चुनाबको अघिल्लो दिनसम्म मतदाताको घर घरमा पुग्ने र सगै बस्ने,खाने गर्थे काँग्रेसका माथी देखि तलसम्मका नेताहरु भने गाँडीमा काठमाण्डौ ककनी सरर देखिन्थे, चुनाबी रणनिती बनाउने भन्दाँपनि आफ आफना गुटको बखान गर्देमा ठिक्क भयो जसले काँग्रेस थप कमजोर मात्र बन्द पुग्यो र परिणमा माओबादीको पोल्टोमा पुग्यो ।

नुवाकोटमा बिकास निर्माणका कामहरु त कांग्रेसबाट नै भएको देखिन्थ्यो, बुझिन्थ्यो । माओबादी नेताहरु मन्त्रीहुदाँ खासै काम गर्न नसकेका जनताले अनुभुति गरेकै थिए । तर पनि कांग्रेसले आफुले गरेका कामको मार्केटिगं गर्न नसक्दाँ, प्रष्टरुपमा बुझाउन नसक्दा र पार्टीभित्र अनुशाशित चरित्र नहुदाँ काँग्रेस कमजोर बन्दै गएको काँग्रेस भित्रै बहसको बिषय बन्न पुगेको छ । भोलिका दिनमा आफुलाई सुधार गर्दै लानु र सच्चिनुनै काँग्रेसको लागी हितकर हुनेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update