News 24 Television
प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्वीरमा)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गर्नुभएको छ । तीन दिने चीन भ्रमणमा सोमवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन प्रस्थान गर्नुभएको हो । 

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमवार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो ।  प्रधानमन्त्री ओलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् । 

1733117833-J9YgP-1733123790.jpg
 

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले स्वागत गर्नुहुने कार्यक्रम छ । त्यसपछि  दुई पक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । 

मङ्सिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । मङ्सिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुहुनेछ भने बेइजिङस्थित नेपाली राजदुतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

1733117752-0JQEk-1733125018.jpg

1733117827-6GswF-1733125019.jpg

1733117754-L8qar-1733125019.jpg

1733117831-ozEiv-1733123814.jpg

1733117834-zz6jr-1733123814.jpg

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update