‘बीआरआई सहकार्य फ्रेमवर्क’मा हस्ताक्षर
काठमाडौँ । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनका सम्बन्धमा नेपालद्वारा प्रस्तावित ‘बीआरआई सहकार्य फ्रेमवर्क’मा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार बेइजिङमा आयोजित एक समारोहबीच उक्त फ्रेमवर्कमा हस्ताक्षर भएको हो । नेपाल सरकार र चीन सरकारका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री ओलीको यो भ्रमणका क्रममा सर्वाधिक चासोका साथ हेरिएको बीआरआई कार्यान्वयन सम्झौता गर्नेबारे सत्तारुढ दल कांग्रेस र एमालेबीच मत मिल्न सकेको थिएन । सोही मतभिन्नता चिर्नका लागि गठित संयन्त्रले उक्त फ्रेमवर्कमा सत्तारुढ दलहरुबीच सहमति जुटाएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१ १३:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
