क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत चयन भएका छन् । आइतबार काठमाडौंको कीर्तिपुरमा सम्पन्न पार्टीको एकता महाधिवेशनबाट वैद्य सर्वसम्मत चयन भएका हुन् ।
एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेपछि वैद्य पुनः पार्टीको महासचिवमा चयन भएका हुन् । वैद्यलाई सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए भने हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । उपस्थित प्रतिनिधिहरुले ताली बजाएर उनलाई सर्वसम्मत रुपमा अनुमोदन गरेका हुन् ।
मंसिर १३ गतेदेखि सुरु भएको महाधिवेशन २३ गते सम्पन्न भएको हो । महाधिवेशनको बन्दसत्रले ११७ सदस्यीय केन्द्रीय समिति रहने पार्टीको साङ्गठनिक प्रतिवेदन पनि पारित गरेको छ । महाधिवेशनमा देशभरबाट ५५० जना प्रतिनिधि सहभागी थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ १८:३९
प्रतिक्रिया दिनुहोस्
