काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीवारबाट ललितपुरमा नेपालको अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधानसम्बन्धी सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरु प्रतिबद्ध रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले नेपालको एडीआर प्रतिवद्धता र अन्तर्राष्ट्रिय कन्भेन्सनहरूमा नेपालको सक्रियता बारे सम्बाेधन गरे । उनले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानको लागि एक तटस्थ र विश्वासनीय स्थलको रूपमा प्रश्तुत गर्ने लक्ष्यमा रहेको बताए ।
यस वर्षको एडीआर सप्ताहको मुख्य शिर्षक ‘ग्रीन आर्बिट्रेसन : हिमालय बचाऔँ, भविष्यको पीढीको लागि पृथ्वी बचाऔँ’ अत्यन्तै महत्त्वपूर्ण भएको ओलीले बताए ।
