News 24 Television
बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक  :  मुख्यमन्त्री कार्की 

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बदलिदो परिबेश र बढ्दो प्रविधिका बिच पनि स्वअध्ययनको संस्कृतिलाई बढवा दिन आवश्यक रहेको बताएका छन् ।

शुक्रबारबाट झापाको मेचीनगरमा आयोजना भइरहेको रिडर्स फेस्टिबलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् । नेपालको सिमावर्ती शहर काँकरभिट्टामा शुक्रबारबाट सञ्चालन भइरहेको तीनदिने रिडर्स फेस्टिबलको प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कार्कीले पछिल्लो समय पठन संस्कृति हराउँदै गइरहेकोमा यस किसिमका रिडर्स फेस्टिबलहरुले त्यसलाई जोगाउन थप मद्दत पुग्ने बताए ।

नेपालसंगै छिमेकी मुलुक भारत, भुटान, बर्मालगायबाट समेत विभिन्न विधाका रिडर्सहरुको सहभागिता रहेको यस फेस्टिबलले नेपालको पठन संस्कृतिको बिकाससंगै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने उनी बताउँछन् ।  

karki-1734167176.jpg
उनले सानो प्रयासबाट पनि ठुल–ठुला सफलताहरु हासिल गर्न सकिने भन्दै यश किसिमका महत्त्व राख्ने कार्यक्रमलाई कोशी प्रदेश सरकारको समेत साथ रहने बताए । 

रिडर्स अभियान नेपालको आयोजनामा सञ्चालित उक्त फेस्टिबलमा कोशी प्रदेशका झापा, मोरङ्ग, सुनसरीलगायतसहित नेपालका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारत, भुटान, बर्मालगायबाट समेत साहित्यकार, लेखक, विद्यार्थीलगायत रिडर्सहरुको सक्रिय सहभागिता रहेको छ ।  

फेस्टिबलमा दैनिक प्रतिष्पर्धी रिडर्सहरुको प्रस्तुती, विभिन्न बिषयमा संभाषण, व्यानल डिस्कसनलगायत हुने छ ।

रिडर्स फेस्टिबलले पठन संस्कृतिको विकास संगै साहित्यलाई पर्यटनसंग जोड्न टेवा पुर्याउने लक्ष्य लिइएको रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्य बताउँछन् । 

अध्ययनको संस्कृतिलाई बढवा दिन सक्ने हो भने मानिसको दक्षता र आत्माविश्वास बढ्ने छ । साथै अध्ययनको सकारात्मक प्रभावका कारण समाज रुपान्तरणमा सशक्त काम गर्न सकिने देखिन्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update