News 24 Television
कांग्रेसमा आउँदैछ यस्तो खतरा ! बबण्डर नै मच्चिने यस्ता परिदृष्य !

   काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन समय नजिकिदै गर्दा आन्तरिक शक्ति सन्तुलनमा समेत फेरबदलको संकेत देखा परिरहेको छ । 

इतर पक्षका नेता गगन थापा सभापति शेरबहादुर देउवासँग दूरी घटाउदै छन् भने शेखर कोइरालासँग मौनता साँधिरहेका छन् । नेपाली कांग्रेसको विधान अनुसार सभापति शेरबहादुर देउवा आगामी कार्यकालका लागि सभापति बन्ने अवस्था छैन । 

आउदो महाधिवेशनमा पुनः सभापतिको प्रतिस्पर्धी बन्न नै पार्टी विधानले रोकेकाले देउवाले अबको सभापतिमा कसलाई अघि सार्लान भन्ने चासो स्वभाविक देखिन्छ । यस्तो अवस्थाका बीच इतर पक्षका नेताहरु भने नेतृत्व हत्याउने दाउमा तितरबितर बनिरहेका छन् । केहि दिन पहिले कांग्रेसको कोशी प्रदेशको प्रथम सम्मेलनमा शेखर कोइरालाले सहभागिता नै जनाएनन् । 

उनले सम्मेलन पहिले नै आफु निकटलाई भेला गरेर विभिन्न आश्वासन दिइसकेकाले पनि शेखर कार्यक्रममा थिएनन् भने पार्टी सभापतिको उम्मेदवार आफू स्वभाविक भएको र गगनबारे उनलाई नै सोध्न भनेका थिए । 

शेखरले यस्तो दाबी गर्दै गर्दा गगनले भने शेखरले जहाँपनि विशेष र छुट्टै सम्मान खोजी रहेको, जहाँपनि त्यो सम्भव नहुने भनि टिप्पणी गरे । 

कोशी सम्मेलनमा बाहेक अन्यत्र भने गगन प्रायः मौन नै रहने गरेका छन् । यता, देउवा पनि अबको नेतृत्व कसले लिन्छ भन्ने विषय तोकेर नहुने भनिरहेका छन् । 

देउवाले गगनप्रति सभापतिको जिम्मेवारी सुम्पिने गरि उम्मेदवार बनाउने संकेत त गरेका छैनन्, तर, गगनले देउवासँगको दूरी भने घटाउने प्रसस्त प्रयासहरु गरिरहेका छन् । पहिले पहिले गठबन्धन सरकार र एमालेप्रति कडा सुनिने गगन पछिल्लो समय मौन देखिन्छन् । 

उनले ओलीमाथि गिरिबन्धु टि स्टेटबारे उठाएका प्रश्नमा समेत पछिल्लो समय तर्किने गरेका छन् । यसको कारण हो, ओलीविरुद्ध बोलेर देउवालाई नविच्काउने । देउवासँगै संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेर आफू प्रधानमन्त्रीको तयारीमा रहेको दलिल पेश गरिसकेका गगन आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नेमा शंका खास  देखिन्न । यस्तोमा इतर पक्षमा शेखर पनि पछि हट्ने संकेत छैन् । 

यसरी इतर पक्षबाट पनि स्पेस नहुने देखेपछि उनी देउवाको सामिप्यतामा जाने प्रयास गरिरहेका छन् । देउवा पनि कोइराला परिवारमा कांग्रेसलाई पुग्न नदिने दाउमा लाग्नेमा खास ठूलो शंका छैन् । 

देउवा र कोइराला परिवारमा देखिएको पुरानो विवादका कारण पनि उनी उपर्युक्त पात्रको खोजीमा हुनेछन् । त्यो पात्र हुन गगनले प्रयास गर्ने विषय सामान्य बन्ने देखिन्छ । यसरी हेर्दा शेखर–गगनले कित्ता फेरबदल गर्ने र कांग्रेसको आन्तरिक समिकरण नै फेरिने हल्ला चल्न थालेको छ । 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update