काठमाडौं । पछिल्लो समय आफ्नो पार्टीप्रति जनमत आकर्षित हुन नसकेको भन्दै एमाले आन्तरिक समीक्षामा छ । यद्दपी, एमाले जनमतको आकर्षण घटाउने कारणहरु कम गर्न होइन थप बढाउनतर्फ उद्धत छ । के हुन्त एमालेप्रतिको आकर्षण घटाउने खास कारणहरु ? ति कारणहरुसँग जनताको सम्बन्ध र सरोकार के हो त ?
स्थानीय तहमा भएको उपनिर्वाचनको नतिजाको विश्लेषण गर्दा अघिल्लो पटकको निर्वाचनको तुलनामा एमालेप्रति यसपटक जनमत कम आकर्षित देखियो । यस्तो किन भयो भनि एमालेले सतही छलफल पनि ग¥यो ।
पार्टी तहबाट गरिएका गतिविधिले नै जनमत खस्केकोबारे एमालेका सबै नेताहरु जानकार नै छन् । तरपनि, आफ्ना कार्यसुधारतर्फ ध्यान दिने भन्दा पनि पुरानै शैलीमा आफ्नो पार्टीको गुनगान गाउनतर्फ नै एमाले नेतृत्व उद्धत देखिन्छ । खासमा एमालेप्रति जनमतको आकर्षण घट्नुका कारण यस्ता देखिन्छन् ।
एमालेमाथिका तत्कालीन प्रश्नहरु
१. भाटभटेनी जग्गा दान प्रकरण
एमालेले पार्टी कार्यालय निर्माण गर्ने भन्दै विवादीत व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएपछि यो विषयमा चौतर्फी विवाद चलिरहेको छ ।
सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले पनि जग्गा दान लिने विषयलाई एमालेले सहि भने पनि जनताले ठिक ठान्न सकेको देखिन्न । स्वार्थको द्वन्द्ध देखिने गरि लिएको जग्गा दानले एमालेमाथिका प्रश्न पेचिला बनिरहेका छन् ।
२. विवादीत मन्त्रीलाई पोस्ने काम
सरकारमा कांग्रेसबाट ऊर्जामन्त्रीको जिम्मेवारी पाएका दीपक खड्काले गरिरहेको उपद्रोले सरकारको नेतृत्व गरिरहेको एमालेमाथि प्रश्न उठिरहेको छ ।
मन्त्री खड्काले कुलमान घिसिङलाई हटाउन अवलम्बन गर्न खोजेको तरिका, नेपाल विद्युत प्राधिकरणमा कार्यालय खोलेको विषयदेखि नेपाल स्काउटको जग्गा प्रकरणमा तर्किन खोजिरहेका उनी समस्याको रुपमा देखिन्छन् ।
सरकारको नेतृत्व गरेको दलले यसत विवादीत विषय र पात्रमाथि जनताले अनूभुत गर्ने गरि कदम नचाल्दा समस्या थप पेचिलो देखिन्छ ।
३. गिरिबन्धु टि–स्टेटको जग्गा प्रकरण
गिरिबन्धु टि स्टेटको जग्गा प्रकरणमा प्रधानमन्त्री केपी ओलीलाई जोडेर हेर्ने जमात ठूलो छ ।, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन हुन वा प्रतिपक्षी दलका नेता प्रचण्ड नै ।
उनीहरुले गिरिबन्धु टि स्टेटको जग्गालाई केन्द्रमा राखेर ओलीमाथि प्रहार गरिरहेका छन् । ओलीले जति प्रष्टिकरण दिएपनि यो विषयमा कांग्रेसले समेत प्रश्न उठाएकाले अहिले सत्ता गठबन्धनको उद्देश्यमाथि नै शंका गर्ने गरिन्छ ।
४. कम्बोडियाको टेलिकममा लगानी प्रकरण
कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी रहेको विषय लामो समय हल्ला चल्यो । आरोप लगाउने व्यक्ति प्रहरी अनुसन्धानको घेरामा भएपनि यसको प्रतिवाद एमालेले सामूहिक रुपमा गर्नै सकेन् । ओलीले एक्लैले यसको प्रतिवाद गरिरहेका छन् । जुन विषयमा जनतामा शंका अझैं देखिन्छ ।
५. गठबन्धन संस्कार
ठूला दुई दल मिलेर सरकार गठन गर्दै गर्दा नै संसदीय मूल्यमा तनाव सिर्जना हुने त होइन भन्ने शंका थियो । यतिमै गठबन्धन नगर्ने घोषणा गरेका दुई दलहरु उपचुनावदेखि पत्रकार महासंघको निर्वाचनसम्म आइपुग्दा गठबन्धनमै अल्झिएका छन् । राजनीतिक प्रतिबद्धताबाट च्यूत भएको अर्थमा जनताले बुझ्न थालेका कारण पनि समस्या देखिन्छ ।
६. सहकारी ठगी प्रकरण
सहकारी ठगी प्रकरणमा सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अड्डासार गर्दै गर्दा लेखा समितिका सभापति समेत रहेका ऋषीकेश पोखरेल पत्नीलाई फरार भन्दै घरमै रहेकी उनलाई मुद्दा चलाइयो ।
भने कांग्रेस उपसभापति धनराज गुरुङमाथि समेत प्रबावकारी अनुसन्धान गरिएन् । सामान्य बयान लिनेबाहेक जनताले देख्ने गरि सरकारले काम गर्न नसक्दा पनिो जनतामा सरकारप्रतिको भरोसा कम देखिन्छ भने राजनीतिक दलका नेताहरुले काम कम आफ्ना जोगाउने धेरै गर्छन भन्ने भाष्य निर्माण हुन थालेको देखिन्छ ।
यस्ता तमाम कारण र प्रकरणमा एमालेको मूल नेतृत्व र पार्टी जोडिदा एमालेमाथिका चुनौति र समस्या थप पेचिला बनिरहेका छन् ।
यो विषयमा एमाले नेतृत्व पनि सचेत देखिन्छ तर, उनीहरु राजनीतिक रुपमा कसरी अघि बढ्छन भन्ने विषयले नै थप प्रष्ट हुनेछ ।
