News 24 Television
संविधान संशोधनका लागि सुझाव दिन एकीकृत समाजवादीद्वारा कार्यदल गठन

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल बनाएको छ । पार्टी स्थायी कमिटिको बैठकले संविधान संशोधनको लागि आवश्यक सुुझावसहितको प्रतिवेदन पेश गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

प्रवक्ता खतिवडाका अनुसार कार्यदलका अन्य सदस्यहरुमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् ।

बैठकले केन्द्रिय सचिवालय समिति समेत गठन गरेको पनि उनले जानकारी दिए । केन्द्रिय सचिवालयमा केन्द्रिय कमिटिका अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरु, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव र सचिवसहित २४ सदस्यीय समिति रहने छझन् ।

त्यस्तै बैठकले अगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने र त्यसको तयारीका लागि जनताको बीचमा जाने समेत निर्णय गरेको छ । प्रवक्ता खतिवडाका अनुसार जनजीविकाका सवाल, सुशासन र भ्रष्टाचारको सम्बन्धमा जनताको चेतना वृद्धि गर्नका लागि जनसंघर्ष तथा आन्दोलनको माध्यमबाट पार्टीको सुदृढिकरण र निर्माण गर्ने निर्णय गरिएको छ । जनसंघर्षका कार्यक्रमहरु केही दिनमा सार्वजनिक गरिने उनले बताए । 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update