News 24 Television
ओलीको अभिव्यक्तिमा रास्वपा कार्यकता र सामाजिक संजाल प्रयोगकर्ताहरुको मसला !

काठमाडौं । सत्ताको नेतृतत्व गरिरहेको दल एमाले र हाल प्रतिपक्षमा रहेको रास्वपाबीच सडक र संसदलबाट टकराव चल्दै आएको छ । यही शिलशीलामा रास्वपा र एमालेबीचमा भनाभनको स्थितिसमेत सृजना भइरहेका छन् । 

राजनीतिक रुपमा भइरहेको यो भनाभन सतहमै रहिरँदा रास्वपा सभापति रवि लामिछाने अहिले सहकारी मुद्धाकै सन्दर्भमा प्रहरी हिरासत पुगेको समेत लामो समय भइसक्यो । अब रविको राजनीतिक भविष्यसँगै उनीविरुद्धको मुद्धा के होला ? भन्ने अन्योलता छाइरहँदा रास्वपा एमाले जुहारी कायमै छ ।  

ओलीको बाघ टिप्पणी !

प्रधानमन्त्री ओलीले बिहीबार काठमाडौंमा आयोजित वन तथा वातावरण मन्त्रालय कोप २९ को समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मान्छे खुवाएर बाघ पाल्न नसकिने टिप्पणी गरे । उनले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भएपनि अहिले नेपालमा ३ सय भन्दा बढी बाघ रहेको भनेका छन् । 

बाघको संख्या धेरै भएकाले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसकिने भनेका थिए । यदी लाने अवस्थामा बाघ खोरसहित दिन सकिनेसमेत ओलीले भनेका छन् । 

तर ओलीको यो अभिव्यक्तिप्रति कतिपयले रवि र भीम रावल लक्षित लक्षित व्याङ्व्यका रुपमा पनि अथ्र्याउन खोजेका छन् । यसअघि रविले रुपन्देहीमा प्रहरीलाई वयान दिएर निस्कने क्रममा सार्वजनिक रुपमै आफूलाई बाघको सज्ञा दिँदै बाघलाई खोरमा थुन्दैमा स्याल नहुने टिप्पणी गरेका थिए । पछिल्लो समय रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको मुद्धा अदालतमा दर्ता भएको छ । 

सहकारीबाट हजारौँ परिवारका करोडौँ रकम अपचलन गरेको आरोपतर्फ संकेत गर्दै ओलीले रविप्रति पनि यस्तो व्याङ्ग्य गरेको भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले ओलीमाथि नै जवाफी टिप्पणी गरिरहेका छन् । त्यस्तै सँधै नेतृत्वको आलोचना र विरोध गर्ने एमाले नेता भीम रावललाई पार्टीबाट निस्कासित गरेको विषयप्रति पनि यो व्यंग्य केन्द्रीत रहेकाको कतिपयको दावी छ । 

ओलीको अभिव्यक्तिप्रति आलोचना

जंगल अनुसारको अनुपातमा बाघ हुनुपर्ने तर्क गर्दै धेरै बाघ पाल्न नसकिने र छिमेकीलाई बाघ उपहार दिने ओलीको अभिव्यक्ति पनि यतिबेला आलोचनाको केन्द्र बनेको छ । ओलीको यो अभिव्यक्तिालाई लिएर बाघले पारिस्थितिक प्राणाली र वातावरण सन्तुलनका लागि खेलेको भूमिकालाई पनि विर्षन नहुने टिप्पणी भइरहेका छन् । 

त्यस्तै छिमेकीलाई दिने भन्ने ओलीको भनाइलाई नेपाली भूमि अतिक्रमको विषयसँग पनि कतिपयले जोडिरहेका छन् । मुख्यतः रास्वपा कार्यकर्ताहरुले मान्छे खाने बाघलाई पाल्न नसकिने भए जनता खाने नेताहरुलाई पनि पाल्न नसकिने भन्दै ओलीलाई जवाफ फर्काइरहेका छन् । 

नयाँलाई निषेध र एमाले अभिव्यक्ति

रास्वपाले वर्तमान सरकारले नयाँ शक्तिहरुलाई निश्तेज गर्ने रणनीति लिएको बारम्बार आरोप लगाउँदै आएको छ । त्यस्तै सभापति रविलाई प्रतिसोध नै साँधेर पनि पक्राउ गरिएको आरोप रास्वपाको छ । यता सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि 
पपुलिजम र राजनीतिमा अराजकता मौलाएको औल्याइरहेको छ ।

मुख्यतः एमालेले मुलुकमा राजनीतिक अराजकता र लोकप्रियतावाद मौलाएको भन्दै रास्वपमा र नयाँ शक्तिहरुप्रति व्यंग्य कस्ने गरेको छ । खासगरी काँग्रेस एमाले गठबन्धन बनेपछि सत्ता पक्षसँग रास्वपाको टकराव सृजना भइरहेको स्थिति छ । 

यसकोे श्रृङ्खला लामै भइसकेपनि यो विषय मत्थर हुने अवस्था देखिँदैन । मुख्यतः सहकारी ठगी प्रकरणको मुद्धामा भइरहेको कलहले रास्वपा र सत्ता पक्षको दोहोरी कहिलेसम्म रहन्छ भन्ने अवस्था अहिले नै निर्क्यौल गर्न सकिने अवस्था छैन । 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update