News 24 Television
प्रचण्डको धम्कीः गिरिबन्धुदेखि ओम्नीसम्मका फाइल खोल्छु !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि गिरिबन्धु प्रकरणको फाइल खोल्ने गरि शक्तिशाली बनाउन अपिल गरेका छन् । 

प्रचण्डले गिरिबन्धुदेखि वाइडबडी भ्रष्टाचार प्रकरणसम्मका अनुसन्धान गरि छाड्ने भन्दै किन बोलिरहेका छन् त ? पछिल्लो समय सरकारबाट बाहिरिनु परेपछि प्रचण्डले भनिरहेको एउटै अभिव्यक्ति हो, भ्रष्टाचारी, दलाल र अदृश्य शक्तिका कारण सुशासनको काम गर्दा गर्दै सरकारबाट बाहिरिनु प¥यो । प्रचण्डले यसरी विभिन्न आरोप लगाउदै कांग्रेस एमालेको सत्ता गठबन्धनलाई प्रहार गरिरहेको बेला उनले अर्को विषय दोहो¥याउने गरेको विषय हो, गिरिबन्धु टिस्टेट प्रकरण ।

प्रचण्डले यस्तो दाबी गर्नेक्रम थप बढेको छ । प्रचण्डले कञ्चनपुर पुगेर समेत गिरिबन्धु प्रकरणको अनुसन्धान गर्ने र माओवादीलाई पहिलो शक्तिको रुपम पठाउन अपिल गरेका छन् । अनुसन्धान गर्ने दाबी गरिरहेका छन् ।

यसरी सरकारले सुशासन विरोधि काम गरेको भन्दै आलोचना गरिरहेका प्रचण्डले नेपाल–भारत सम्बन्धबारे समेत बोलेका छन् । आफू प्रधानमन्त्री बनेको बेला भएको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा विवादलाई समाधान गर्ने विषयमा बोलेको विषयलाई समेत कोट्याए । 

प्रचण्डको भारत भ्रमणको बेला मोदीले सीमा समस्या समाधान गर्न वार्ता सम्वाद गर्ने भनेर सार्वजनिक रुपमै बोलेका थिए । तर, अहिलेको सरकारले छिमेक सम्बन्ध सुधारमा काम गर्न नसकेको आरोप प्रचण्डले लगाइरहेका छन् । 

ओलीको भ्रमण अनिश्चित

प्रधानमन्त्री केपी ओली चीन भ्रमण सकेर आएको धेरै समय भइसकेको छ । यस्तोमा उनले भारत भ्रमणको तयारी थालेपनि भारतीय पक्षले वास्ता नगरेपछि उनको भ्रमण अन्योलमा परेको छ ।

भारत भ्रमणबारेका प्रश्नमा ओलीले पार्टीको सचिवालनय बैठकमै अनावश्यक हल्ला नगर्न चेतावनी नै दिएको बुझिएको छ । ओलीले भारत भ्रमण निम्तो आए जाने नआए नजाने भन्दै बैठकमा कुरा राखेको बताइएको छ । यस्तोमा प्रतिपक्षी दलका नेता प्रचण्डले लगाउने आरोपबारे समेत चर्चा हुन थालको छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update