प्रतिनिधि सभाका नवनियुक्त सचिव राईद्वारा शपथ ग्रहण
काठमाडाैँ । प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बुधवार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सचिव राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव राईलाई मंगलवार सचिव पदमा नियुक्त गरेका थिए । शपथ कार्यक्रममा संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेलगायत अधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १२:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
