News 24 Television
भीम रावल अब के गर्छन् ? पार्टी खोल्ने कुरामा अस्पष्ट 

काठमाडौं । एमालेले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि धेरैलाई लागेको थियो भीम रावलले नयाँ पार्टी घोषणा गर्छन् । तर बुधवार पत्रकार सम्मेलनमा भीम रावलले करिब साढे ३ घन्टाको एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचनामै खर्चिए । 

उनले ओलीलाई स्वेच्छााचारी र निरंकुश  अरोप लगाउँदै तानाशाही निर्णय र कामहरु विरुद्ध तथा जनताको हित रक्षा एवम् समृद्धिका लागि मातृभूमि जागरण अभियानको आवश्यकता रहेको भन्दै नयाँ पार्टी खोल्न सक्ने संकेत गरे । 

बुधबारको पत्रकार सम्मेलनको सम्बोधनको शुरुवात भीम रावलले लुब्ध नाईके कविताबाट गरे । कवितामा ओलि माथि रावलको व्यंग्य यस्तो थियो । यसरी कविताबाट सम्बोधनको शुरुवात गरेका रावलले करिब साढे २ घन्टा सम्बोधन गरे । सम्वोधनका क्रमा उनले अधिकांश समय आफुमाथि लागेका आरोपको खण्डन गरे भने ओलीमाथि प्रश्नमाथि प्रश्न मात्रै तेस्र्याए । 

नेकपा गठनदेखि प्रतिनिधिसभा विघटन र एमालेको विभाजनदेखि महाधिवेशन सम्मका घटनाक्रमहरु अत्याचार भयो भन्दै उने ओलीलाई धोईपखाली गर्ने प्रयास गरे । ओलीले जवाफ दिनै पर्ने भन्दै रावलले ७४ वटा प्रश्न सोधेका छन् । 

वाम एकतापछिको सरकारको काम प्रभावकारी तुल्याउन बामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलको सुझाव कार्यान्वयन गर्नुको साटो रद्दीको  टोकरीमा मिल्काएको, राजनीतिक नियुक्ति मनपरि गरेको, संसद विघटन पछि मन्त्रिपरिषद् विस्तार गर्दा सर्वाेच्च अदालतका प्रधानन्यायाधिशलाई समेत कोटा पु¥याएको, जनताले कम्युनिष्ट पार्टीलाई दिएको सुनौलो अवसरमाथि घात गर्दै प्रतिनिधिसभा विघटन गरेको, एमाले विभाजनबाट रोक्न पहल गर्नु पर्नेमा झन् नेताहरुमाथि अपमान गरेको लगायतका आरोप रावलले ओलीमाथि लगाएका छन् । 

रावलले पछिल्लो समय आफुमाथि ओलीले बोल्न, नेता तथा कार्यकर्तासँग भेट्न समेत नदिनेगरी पार्टी भित्रै समेत घेराबन्दी गरेको आरोप लगाएका छन् । उनले सुदुरपश्चिममा आफुलाई भेट्ने नेता तथा कार्यकर्ताको नम्बर घट्ने, योजना नपर्ने भन्दै धम्कि दिने गरेको समेत आरोप लगाए । 

भारत र चीनले लिपुलेक भञ्ज्याङको प्रयोगका बिषयमा गरेको निर्णयमा असहमति हुँदै शुशिल कोइरालले नोट पठाएको तर अहिले त्यसै प्रकृतिका निर्णय हुँदा किन चुप बसेको भन्दै ओलिप्रति कटाक्ष गरेका छन् । 

उनले आफु सहितविन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई कारबाहि गर्न उचित नहुने भन्दै धेरै नेताहरुले व्यक्त गरेको राय सुझावलाई ओली निरंकुश र दमनकारी शैलीमा प्रस्तुत भएको आरोप लगाए । 

रावलको अबको बाटो

एमालेबाट निष्कासित भएपछि के गर्ने भन्नेमा रावल स्पष्ट देखिएका छैनन् । यद्यपी उनले नयाँ पार्टी घोषणा गर्नुअघि एकपटक आफुलाई जाँच्ने विचार गरेका छन् । यसका लागि उनले मातृभूमि जागरण अभियान चलाउने बताएका छन् । 

उनले नेपाली कांग्रेस विपी र पूर्व सैनिक संगठनहरुसँग एकता हुन सक्ने पनि संकेत गरेका छन् । यी सबै पृष्ठभूमि हेर्दा उनले विभिन्न दलहरुमा रहेका असन्तुष्ट पक्षसँग संवाद गरी देशव्यापीरुपमा आफ्नो परख गर्दै मात्रै नयाँ पार्टी घोषणा गर्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update