News 24 Television
दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा थुनामुक्त गर्न आदेश

काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ लाख धरौटी राखेर रिहा गर्न आदेश दिइएको छ ।  बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले प्रसाईलाई उक्त धरौटीमा थुनामुक्त गर्न आदेश दिएका हुन् । 

प्रसाईविरुद्ध बुधबार जिल्ला सरकारी वकिल कार्यालयले संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा अदालतमा मुद्दा दायर गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रसाईमाथि अनुसन्धान गरेर उक्त राय सहितको प्रतिवेदन बुझाएको थियो । 

प्रसाईंसहित ३ जनाविरुद्ध विभिन्न व्यवसायीलाई धम्क्याएर रकम माग गरिएको अभियोगमा उक्त मुद्दा अघि बढाइएको थियो । भारतीय गुण्डा नाइके लरेन्स विस्नोईको नाम लिएर भारतीय नम्बरबाटै नेपालका व्यवसायीलाई धम्की दिने कार्यमा प्रसाईको संलग्नता देखिएपछि मुद्दा अदालतसम्म पुगेको हो । प्रसाईको योजना बमोजिम व्यवसायीलाई धम्क्याउने हरिचन्द फुयललाई पनि अदालतले ३ लाख धरौटीमै रिहा गर्न आदेश दिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update