अबको २ हप्तामा संसद अधिवेशन बोलाउने तयारी
काठमाडौँ । संसदको हिउँदे अधिवेशन बेलैमा नबोलाएको भनेर आलोचना भइरहेको बेला सरकारले यसबारे तयारी थालेको छ । सत्तारुढ दल एमोका प्रमुख सचेतक महेश बर्तौलाले यही माघ १८ या २० गते संसद अधिवेशन बोलाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
संसद छलेर सरकारले विभिन्न अध्यादेश ल्याएपछि विपक्षी दलहरूले संसद्को विशेष अधिवेशन बोलाउन दबाब दिन थालेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अबको २ हप्ताभित्र संसद अधिवेशन बोलाउने संकेत गरेका छन् ।
विगतको संसदको हिउँदे अधिवेशन पुस पहिलो साता बोलाउने गरिन्थ्यो । तर यसपटक बर्खे अधिवेशन अन्त्य भएको ४ महिना बित्दा पनि सरकारले संसद बैठक बोलाएन । बर्खे अधिवेशन गत भदौ ३१ गते अन्त्य गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१ १४:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
