प्रहरीले खोस्यो हर्क साम्पाङको गाग्री, रित्तै पुगे सिंहदरबार (तस्वीर)
काठमाडौँ । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङको गाग्री काठमाडौँमा प्रहरीले खोसेको छ । धरानवासीको खानेपानीको समस्या समाधान गर्न माग गर्दै उनी प्रतीकात्मक विरोधस्वरुप गाग्री बोकेर काठमाडौँ आएका थिए । मंगलबार गाग्री बोकेरै सिंहबार पस्न लाग्दा उनको गाग्री प्रहरीले खोसेको हो ।
साम्पाङ खानेपानी मन्त्रीलाई भेट्नका लागि सिंहदरबार पुगेका छन् । मंगलवार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा प्रहरीले खोसेर मात्र भित्र पठाएको हो । सिंहदरबार दक्षिण प्रवेश द्वारमा प्रहरीको निगरानी बढाइएको छ । मेयर साम्पाङले धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै आएको भए पनि संघ सरकारले उनको माग सम्बोधन गर्न सकेको छैन ।






प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १२:०४
प्रतिक्रिया दिनुहोस्
