काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितीमा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिद्धबाबा सुरुङ मार्गको उद्धघाटन सहितका ४ वटा उद्धाघटन र शिलान्यासको कार्यक्रम तय भएको थियो । तर अस्वस्थ भएकै कारण उनले बालुवाटारबाटै भर्चुअल माध्यमको उद्घाटन र शिलान्यासका कार्यक्रमहरु गरे ।
अवस्था भएकै कारण शनिबारपार्टीको संगठनको राष्ट्रिय कार्यकर्ता भेलामा समेत पुग्न सकेनन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वाथ्यमा समस्या देखिएको छ । गत बुधबारदेखि प्रधानमन्त्री ओली स्वाथ्यमा समस्या देखिएपछि भेटघाटका सबै कार्यक्रम रद्द गरि ओली बालुवाटारमै आराम गरेर बसिरहेका छन् ।
शुक्रबार राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधिन रहेको बुटवल–तानसेन सडक खण्ड अन्तर्गतको सिद्धबाबा शुरुङमार्गको ब्रेक थ्रू, पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्धाटन, तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवनको उद्धाटन र बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यस गर्ने कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथिका रुपमा थिए । तर अवस्थ भएकै कारण ओलीले बालुवाटारबाटै सुरुङमार्ग ब्रेक थू्र सहितका सबै उद्धाटन र शिलान्यास कार्यक्रमको सम्बोधन गरे ।
शुक्रबार काठमाडौं उपत्यका बाहिर कार्यक्रमहरु तय भएकाले नगएको भए पनि शनिबारको कार्यक्रम काठमाडौं उपत्यका भित्रै कार्यक्रम भएकाले जाने सचिवालयको भनाई थियो ।
एमाले र ओलि नेतृत्वको सरकार माथि कमजोर बनाउने अभिप्रायले लगातार प्रहार भै रहेको भन्दै कार्यकर्तालाई त्यस बिरुद्ध उभ्याउन उक्त भेलाको आयोजना गरिएको थियो । तर प्रधानमन्त्री ओली अवस्थ भएकै कारण उक्त भेलामा पनि जान सकेनन् ।
शुरुमा प्रधानमन्त्री ओली उपस्थित हुने प्रचार गरिएपनि अन्ततः स्वास्थ्यकै कारण आउन नसक्ने भएपछि प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरु पनि कार्यक्रम स्थलबाट बाहिर निस्किएका थिए ।
ओलीको स्वास्थ्यमा के समस्या भएको हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीको दुई पटक मृगौला प्रत्यारोप भैसकेको छ । त्यसैले गर्दा उनको स्वाथ्यको ख्याल राम्रोसँग राख्नु पर्छ । ओलिलाई मंगलबारदेखि नै रुघा खोकिको लक्षण देखिएको थियो । बुधबारदेखि झनै च्याप्दै गएपछि प्रधानमन्त्री ओलिले बुधबारको सबै घेटघाटका कार्यक्रमहरुलाई रद्द गरेका थिए ।
अहिले रुघा खोकि अझै बढेका कारण उनलाई बालुवाटारबाट बाहिर ननिस्कन चिकित्सकहरुले सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनलाई स्वास्थ्यमा ठूलै समस्या नभएको र रुघाखोकीकै कारण उनी बालुवाटारमा आराम गरिरहेका छन् । उनलाई चिकित्सकहरुको उच्च निगरानीमा राखिएको पनि सचिवालयको भनाई छ ।
