News 24 Television
रास्वपाको अवरोधका बीच अघि बढाइयो संसद बैठक, रास्वपा सांसदद्वारा बहिस्कार

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको पहिलो बैठकमा नै अवरोध गरेको छ । शुक्रवार १ बजे सुरू भएकाे हिउँदे अधिवेशनको पहिलो बैठकमा नै रास्वपाले उभिएर विरोध जनाएको हो ।

रास्वपाले बैठक सञ्चालन भइसकेपछि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइसकेपछि रास्वपाका सांसदहरुले समयको माग गर्दै उभिएर विरोध जनाएका हुन् ।

रास्वपा सांसदहरुले उभिएर संसदमा विरोध जनाएपछि सभामुख घिमिरेले बारम्बार सहजता प्रदान गर्न आग्रह गरे । तर रास्वपा सांसदहरुले बाेल्नका लागि समय माग गर्दै अवराेध गरिरहे । 

तर सभामुखले जबरजस्ती रूप संसद बैठक कार्यसूचीमा प्रवेश गराएपछि रास्वपा सांसद बैठक बहिस्कार गरेर हिडेका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सम्बाेधन गरिरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update