राष्ट्रपति र प्रधानमन्त्रीद्वारा वसन्त श्रवण (तस्वीर)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्तपञ्चमीको अवसरमा वसन्त श्रवण गरेका छन् । ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिले वसन्त श्रवण गरेका हुन् ।
हनुमानढोकाका पुजारीले उनीहरुलाई फूलमाला, टीका र प्रसाद प्रदान गरेका थिए । त्यससँगै बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनीहरुलाई वसन्त श्रवण गराइएको थियो । हरेक वर्ष वसन्त पञ्चमीको दिन राष्ट्रप्रमुखको रूपमा राष्ट्रपति र सँगै प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिले वसन्त श्रवण गर्ने प्रचलन छ ।








प्रकाशित मिति: सोमबार, माघ २१, २०८१ १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
