News 24 Television
एमालेमा माधवलाई प्रतिबन्ध, ओली ठग्न प्रधानमन्त्री बनेको माधवको दाबी

काठमाडौं । एमाले विभाजनपछि माधव नेपाल र केपी ओलीबीचको सम्बन्ध सुधार हुन सकेको छैन् । केहि समय पहिले माओवादी एमालेको सत्ता सहकार्यमा माधवलाई मनाउन ओलीले गरेको प्रयासबाहेकका छलफल बहस समेत भएको देखिन्न । अझं, पछिल्लो समय दुई नेताहरुबीचको मतभेद थप चुलिएको छ । 

नेकपा एमाले विभाजनका लागि माधव नेपालले नेतृत्व गरे । त्यो बेला केपी ओली प्रधानमन्त्री थिए भने एमालेका केहि सांसदले समर्थन नगर्दा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना नै थिएन् । 

यस्तोमा माधवले एमाले विभाजन गराएरै देउवालाई समर्थन गरे र ओलीलाई प्रधानमन्त्रीको पदबाट बालकोट पु¥याइदिए । यसरी चुलिएको मतभेद लामो समयसम्म नै देखिदै आएको छ । 

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले माधव नेपाललाई अनेक टिप्पणी गरेर खिसिट्यूरी गर्ने गरेका छन् । माधवलाई प्रधानमन्त्री खान हतार भएकोदेखि अनेक लान्छन लगाउने ओलीलाई माधव नेपालले समेत विभिन्न आरोप लगाउने गरेका छन् । ओलीलाई संविधान मिच्ने नेताको रुपमा अथ्र्याउदै माधव कटाक्ष गरिरहन्छन् । 

माधवले यस्ता आरोप लगाइरहँदा एमाले महासचिव शंकर पोखरेल पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबाहेकका नेताहरुलाई स्वागत गर्न तयार रहेको भन्दै तिक्तता पोख्ने काम गरिरहेका छन् ।

माधवलाई एमालेका अन्य नेताहरुले तीतो पोख्ने गरेपनि माधव आफै ओलीमाथि खनिने गरेका छन् ।

माधवले यस्तो दाबी गरिरहँदा एमालेले समेत कटाक्ष भने गर्ने गरेको छ । ओली सरकारले ल्याएको अध्यादेशमा नेकपा एस विरोधमा देखिन्छ । अध्यादेशको चर्को विरोधमा उत्रिएको नेकपा एसलाई एमालेले अध्यादेशबाट जन्मिएको पार्टी भन्दै होच्याउने काम गर्ने गरेको छ । तर, ओलीले अध्यादेशको बचाउ भने गरिरहेका छन् । 

मतभेदबाबीच केपी ओली दुनियालाई ठग्न प्रधानमन्त्री बनेको भन्दै कडा व्यङ्ग्य कसेका माधवले वाकयुद्धलाई भने चर्काएका छन् । 

लामो समय एउटै पार्टीमा रहेर काम गरेका माधव नेपाल र केपी ओली एकअर्कालाई स्वीकार्ने स्थितिमा देखिन्नन् । विभाजनपछि झन मतभेद चर्किएको छ भने माधवले पनि ओलीको अस्थित्व स्वीकार गर्ने गरि तयार भएको छनक दिने गरेका छैनन् । यस्तोमा दुई नेताहरुबीचको मतभेद भने लामो समय नै चर्किने स्थिति बनेको देखिन्छ ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update