News 24 Television
सांसदको कानून निर्माणमा छैन ध्यान 

काठमाडौं । प्रतिनिधिसभा बैठक ढिला गरि बस्यो । सरकारले केहि विधयेकलाई तोडमोड गरेको भन्दै विवाद चर्किएपछि ढिला गरि संसद बैठक चल्न पुगेको थियो । तर, प्रतिनिधिसभामा सांसदहरुले अन्तरजातीय विवाह गर्दा भएको विभेददेखि आगलागीका घटना र सरकार निर्माणको प्रश्नमा प्रश्नहरु उठाएका छन् । 

प्रतिनिधिसभाको बैठक नियमित समयमा बस्नै सकेन । आइतबार एक बजेका लागि तय भएको बैठक दुई घण्टा धेरै लामो समयपछि सञ्चालन भयो । 

बैठकमा धेरै सांसदहरुले खानेपानी मन्त्रालयमा भएको आगलागीको घटनालाई गम्भीर रुपमा प्रश्न उठाए । सांसदहरुले मन्त्रालयमै भएको आगलागीको घटनाको छानविनको मागदेखि देशका विभिन्न क्षेत्रमा भएका आगलागीदेखि बाढी पहिरोको क्षतिपछिको स्थितिलाई केन्द्रमा राखेर काम गर्न सरकारको ध्याणाकर्षण गराए ।  

सांसदहरुले विभिन्न समस्या राख्नेक्रममा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले भने अन्तरजातीय विवाहपछिको राज्य आतंकबारेको प्रश्न खरो ढंगले राखे । बराइलीले सत्यन्द्र राम र नेहा रौनियारको विवाद सम्बन्धमा दख्खल पु¥याउने गरि जिल्ला न्यायाधीश, प्रहरी अधिकृत, प्रहरी नेतृत्व र गृहमन्त्रीमाथि संसदीय छानविन समितिको माग राखे । 

संसदमा उठेका प्रश्नहरुमा राजनीतिक आरोप–प्रत्यारोप समेत बाक्लै देखिए । जसमा माओवादीले सरकारमाथि र एमालेले प्रचण्डमाथिका आरोप लगाउने क्रम चलिरह्यो ।  

दुई दलबीचको घोचपेचमा कांग्रेस पनि सहभागी भने भएको छ । तर, अहिलेको सरकारलाई प्राकृतिक र ठिक भन्ने स्थिति नरहेको स्वीकारोक्ति भने देखिन्छ । 

संसदमा शून्य, विशेष समयमा सांसदहरुले जनताका समस्याबारेका प्रश्नहरु समेत राखेका छन् । तर, राजनीतिक रुपमा दलीय घोचपेचले संसद कानून निर्माणको सट्टा राजनीतिक दुनो सोझ्याउनेतर्फ नै केन्द्रित बन्न खोजेकोमा भने शंका छैन । 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update