मेलम्चीको पानीले यसरी जलमग्न भयो बबरमहल (तस्वीर)
काठमाडाैँ । मेलम्ची खानेपानीको पाइप फुटेर काठमाडौंको बबरमहल क्षेत्र जलमग्न बनेको छ ।
बुधवार दिउँसो खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्रमा पानी पसेपछि विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवन समेत डुबानमा परेका छन् ।

पाइप फुटेपछि बबरमहल वरपर रहेका सरकारी कार्यालय र नजिकैको बस्ती समेत डुबानमा परेका छन् । विद्युत प्राधिकरणकाे लापरवाहीका कारण मेलम्चीकाे पाइपमा क्षति भएर उक्त घटना भएकाे काठमाडाैँ खानेपानी लिमिटेडले बताएकाे छ ।
घटनाको अवलोकन गर्न पुगेका खानेपानी मन्त्री प्रदीप यादवले पनि विद्युत् प्राधिकरणकै लापरवाहीका कारण मेलम्चीको पाइप फुटेको बताएका छन् । प्राधिकरणले मन्त्रालय र खानेपानी लिमिटेडसँग समन्वय नगरेर काम गरेको उनको भनाइ छ ।



प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
