ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई 'वृद्धाश्रम' भनेपछि सांसदको आपत्ति

काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेको भन्दै आपत्ति जनाएकी छन् ।
आईतवारको सभाको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रिय सभालाई केही दिनको पाहुना र वृद्धाश्रम भनेको भन्दै आपत्ति जनाइन् । उनले सांसद शाहीको भनाइप्रति खेद प्रकट गर्दै सभाले पनि खेद प्रश्ताव पारित गर्नुपर्ने माग गरिन् । यसबारे सरकारसँग जवाफ समेत माग गरेकी छन् ।
उनले भनिन्, ‘प्रतिनिधि सभाको सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम र दुई दिनको पाहुना भनि राष्ट्रिय सभा विशेष अधिकारको हनन भएको छ । उक्त भनाइप्रति म खेद प्रकट गर्दछु । साथै यो सम्मानित सभाले खेद प्रश्ताव पारित गरियोस् र सरकारको जवाफ माग गर्दछु ।’
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१ १४:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय