News 24 Television
ऊर्जा प्रणाली सुधारमा निजी क्षेत्रको लगानी अपरिहार्य : ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जा क्षेत्रमा निजी क्षेत्रको संलग्नता र लगानी अपरिहार्य रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताएका छन्। नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम (NREP) अन्तर्गत आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले निजी क्षेत्रको सहकार्य बिना स्वच्छ ऊर्जा लक्ष्य हासिल गर्न कठिन हुने बताए ।

नेपाल सरकारले हालै स्वीकृत ऊर्जा विकास मार्गचित्र अनुसार सन् २०३५ सम्म जडित विद्युत् क्षमता २८,५०० मेगावाट पुर्याउने तथा राष्ट्रिय ग्रिड नपुगेका स्थानहरूमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युत् परियोजनामार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् सेवा पुर्याउने लक्ष्य राखिएको उनले जानकारी दिए।

02a1afb1-11da-45b9-be2c-f5ecf395006c-1740034438.jpg
बेलायत सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूको योगदानको प्रशंसा गर्दै मन्त्री खड्काले ऊर्जा क्षेत्रमा वित्तीय स्थायित्व ल्याउन ‘दिगो ऊर्जा च्यालेन्ज फण्ड’ जस्ता योजनाहरू प्रभावकारी हुने विश्वास व्यक्त गरे। कार्यक्रममा ऊर्जा विज्ञ, सरकारी अधिकारी, तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update