News 24 Television
महाशिवरात्रीलाई भव्य बनाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले महाशिवरात्री भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तिब्र र व्यवस्थित बनाउन निर्देशन दिएका छन् । 

महाशिवरात्रीको पूर्वसन्ध्यामा महाशिवरात्री तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रवार बिहान पशुपतिनाथ पुगेका मन्त्री पाण्डेले महाशिवरात्रीलाई भव्य बनाउन तयारी व्यवीथत गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए । उनले विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाएर भक्तजनलाई सहज रुपमा दर्शन गर्न मिल्नेगरी तयारी गर्न आग्रह गरे ।

महाशिवरात्री नेपालीहरुको महान पर्व भएको भन्दै उनले नेपाललाई चिनाउने पशुपतिनाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पुर्याउने दिन महाशिवरात्री भएको बताए । महाशिवरात्रीलाई जति व्यवस्थित गर्नसक्यो त्यति नै महत्व बढ्ने उनकाे भनाइ छ । 

मन्त्री पाण्डेले भने, ‘यो निकै महत्व दिनुपर्ने महान पर्व हो । नेपाललाई चिनाउने पशुपतिनाथ र पशुपतिनाथको महिमालाई शिखरमा पुर्याउने दिन भनेको महाशिवरात्री हो । त्यो दिनलाई जति व्यवस्थित गर्नसक्यौँ, जति राम्रो गरी सञ्चालन गर्नसक्यौँ । देश विदेशबाट आएका भक्तजनहरु शिवरात्रीमा पशुपतिमा पुगेर जति धेरै खुशी हुन सक्नुभयो, जति धेरै सहजता महशुस गर्न सक्नुभयो, त्यति नै महत्व, महाविशरात्रीको महत्व र देशको महत्व बढ्छ । हाम्रो सभ्यता र संस्कृतिले पनि देश र विदेशमा ख्याति प्राप्त गर्छ । तयारी तिब्र गतिमा भइरहेको छ । रङरोगनको काम भइरहेको छ । यस पटकको शिवरात्री अझ व्यवस्थित हुनेछ, भक्तजनहरु अझ सन्तुष्ट हुनुहुनेछ ।’

उनले महाशिवरात्री मुल समारोह समितिले अन्तर समन्वय गरेर स्वास्थ्य, खानेपानीको व्यवस्था मिलाउने जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update