News 24 Television
अघिल्लो भ्रष्ट सरकारको कारण ग्रे लिस्टमा परियो : सञ्चारमन्त्री गुरुङ

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारको कारणले नेपाल ग्रे लिष्टमा परेको बताएका छन् ।

मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि गुरुङले नेपाल गरे लिस्टमा पर्नुमा अघिल्लो सरकार जिम्मेवार रहेको बताएका हुन् ।

अघिल्लो सरकार भ्रष्ट भएको र अनिवार्य गर्नुपर्ने कानूनी सुधारको काम नगरेर नेपाल ग्रे लिस्टमा परेको आरोप लगाउनु भयो । एपिजी (एशिया/प्रशान्त क्षेत्रका  सम्पती शुद्धीकरण सम्बन्धी काम गर्ने अन्तरसरकारी समूहले दिएको प्रतिवेदनले औँल्याएको काम नगर्दा ग्रे लिस्टमा परेको बताए ।

प्रतिपक्षमा पुगेर वर्तमान सरकारलाई गालि गरे पनि नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको नैतिक जिम्मेवारी दाहाल नेतृत्वको सरकारले लिनुपर्ने उनकाे भनाइ छ ।

अब १ वर्ष भित्र ग्रे लिस्टबाट बाहिर निस्कने गरी सुधारको काम गर्ने समेत उनले बताए । अब ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सबै नीतिगत कानूनी र कार्यान्वयनमा सुधार गरेर कार्य सम्पादन हुने मन्त्री गुरुङले बताए । योजनाबद्ध रुपमा काम गरेर ग्रे लिस्ट बाहिर आउने उनकाे भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update