
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ झापामा झोक्किएछि उनको आलोचना हुन थालेको छ । सार्वजनिक कार्यक्रममा श्रेष्ठले देखाएको व्यवहार अनौठो रहेको भन्दै चलेका विभिन्न तर्ककाबीच उनले पछुतो लागेको भन्न थालेका छन् ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणजाकी श्रेष्ठ समयसीमाको पालना, आदर्श र स्पष्ट रुपमा आफ्ना कुरा राख्ने नेता भएको दाबी गर्नेहरुको कमी छैन् । तर, माओवादी केन्द्रभित्र उनलाई ढोंगी भन्नेहरुको पनि कमी छैन् । अझं, श्रेष्ठसँग प्रचण्डले गरेको एकता नै माओवादी विभाजनको मुख्य कारण रहेको दाबा गर्नेहरुको पनि कमी छैन् ।
यस्तोमा श्रेष्ठले लिने जिम्मेवारी, पार्टीको हिस्सेदारी र उनी पक्षीय नेताहरुले गर्ने व्यवहारका कारण माओवादी केन्द्रभित्र युद्ध लडेकाहरुले कहिलेकाँही प्रश्न गर्ने गर्छन् । यो विषयले उनलाई खल्लो लाग्ने गरेको माओवादी युद्धलाई जनयुद्ध भन्दै श्रेष्ठले प्रसंशा भने गर्ने गरेका छन् । नारायणकाजी श्रेष्ठ प्रचण्डसँग घुर्कि देखाएरै सत्ता र शक्तिको स्वाद लिनेमा अग्रपंक्तिमा रहने आलोचनाकाबीच झापामा देखिएको घटनाले भने चर्चा पाएको छ । माओवादी केन्द्रले झापाबाट उद्घाटन गरेको तराई मधेस जागरण अभियानअन्तर्गतको कार्यक्रममा देखिएको दृश्यले माओवादीभित्र फेरि कोलाहाल मच्चिएको छ ।
श्रेष्ठले कार्यक्रममा बोल्ने क्रममा देखाएको यो व्यवहार अस्वभाविक रहेको भन्दै आलोचना शुरु भएको छ । तर, यो विषय सार्वजनिक रुपमै देखिएपछि अध्यक्ष प्रचण्डले भने सम्हाल्ने कोसिस गरे । प्रचण्डले मञ्चमा देखिएको विवाद थामथुम पार्ने भरमग्दुर प्रयास भने गरे ।
प्रचण्डले यो विषयमा छलफल र बहस हुने भन्दै सांकेतिक विमति भने राखिसकेका थिए । यस्तोमा माओवादी केन्द्रभित्र आक्रोश चुलिन थाल्यो । सार्वजनिक कार्यक्रममा श्रेष्ठको व्यवहारले माओवादीप्रतिको बुझाईमा खल्लोपना देखिने भनियो । त्यसपछि जागरण कार्यक्रममा सहभागी हुन पूर्व पुगेका श्रेष्ठ बागमतिमा हानिए । बागमतीको चितवनमा पुगेका उनले माफी मागेका छन् ।
श्रेष्ठले देखाएको व्यवहारमा चर्को आलोचना शुरु भएको छ । उनी आफैले पनि यो विषय स्वीकार गरेका छन् । आफूलाई टावरिङ पर्सनालिटी भनेका उनले सबैको सल्लाह सुझाव ग्रहण गरेको भनेका छन् ।
जुन अभिव्यक्ति दिनेक्रममा प्रचण्ड पुत्री समेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि संगै थिइन् । झापामा पुगेका श्रेष्ठले चितवन पुगेर गल्ति गरेको महशुस गरेपनि माओवादी नेता कार्यकर्ताहरुले भने आलोचना गर्न छाडेका छैनन् ।
अभियान र विवाद
माओवादी केन्द्रका शीर्ष नेताहरु जनतासँग जोडिने भन्दै केराको पातमा भोजन गरिरहेका छन् । बाटोमा भेटिनेसंव सम्वाद गर्ने र जनताको घरमा जे पाक्छ त्यो खाने भन्दै जागरण अभियानमा होमिएका नेताहरुले जनतामा जागरण ल्याउलान ? शंका कायमै छ ।
जनतामा जागरण ल्याउने भनेका उनीहरुले देखाएको व्यवहार र सार्वजनिक कार्यक्रमको स्थितिले पनि अवस्था ठिक बन्दैन कि भन्ने शंका, चासो र चर्चा देखिन्छ ।उसोतः माओवादीलाई फेरि जनतामा लैजाने दाबीसहित गरिएको जागरणसभाको पहिलो दिनमै देखिएको मतभेदले यो अभियानले सफलता प्राप्त गर्ला ? जनार्दन वर्षमानलाई अंगालो हालेका प्रचण्डले फेरि नारायणकाजी श्रेष्ठको समूहलाई सम्हाल्नुपर्ने स्थितिले जनतामा आशा सञ्चार गर्न सक्लान ? तमाम प्रश्न र चासो देखिन थालेको छ ।
सार्वजनिक रुपमा देखिएको विवादमा प्रचण्डले भने बाहिर देखिएजस्तो मतभेद र विवाद नभएको भन्दै पार्टी गतिशिल बनिरहेको दाबी गरेका छन् ।
तर, पुर्वको झापामा कमजोर जनमतसहित उभिएको माओवादीले गर्न खोजेको जागरणसभालाई प्रभावकारी बनाउदै नेताहरुले एकताको सन्देश दिनुपर्नेमा देखाएको व्यवहारले विवाद र अभियानमाथिका प्रश्न थप पेचिला बनेका छन् ।