आर्थिक सुधार र सहकारीसम्बन्धी अध्यादेश पनि स्वीकृत
काठमाडाैँ । प्रतिनिधि सभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ र ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ पनि स्वीकृत भएको छ ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकले उक्त अध्यादेशहरू बहुमतले स्वीकृत गरेको हो । अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ती अध्यादेश निर्णयार्थ पेस गरेका थिए ।
दुवै प्रस्ताव बहुमतले पारित भएको हाे । यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ १९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
