
काठमाडौं । राजतन्त्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले ¥याली निकालेको छ । राजालाई नारायणहिटी फर्काउने भन्दै चर्किएको राप्रपाले मोटरसाइकल ¥याली निकाल्दै दरबारमार्गमा प्रदर्शन गरेको छ । के राप्रपाले अब निर्णायक आन्दोलनको बाटो समातेको हो ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका विभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेको छ । राप्रपाले अब राजा फर्काउने निर्णायक आन्दोलन शुरु भएको दाबीगरिरहेको मात्रै छैन्, राजालाई नारायणहिटीमा डो¥याएरै ल्याउने चेतावनी दिइरहेको छ ।
राजावादी दल राप्रपा पूर्वराजा ज्ञानेन्द्र शाहको एक अपिलपछि हौसिएको छ । तर, पूर्वराजाको सक्रियता देवालय, मठ मन्दिर र पुजाआरधनाबाहेकमा देखिन्न । उनले खुलेरै आफू सत्तामा आउन चाहेको बताएपछि अन्य दलका नेताहरुले पार्टी खोलेर प्रधानमन्त्री बन्न चेतावनी दिइरहेका छन् । तर, राप्रपा भने राजालाई सम्मानपूर्वक पदासिन गराउनुपर्ने दाबी गरिरहेको छ । तर, राजा, हिन्दु राष्ट्र, संघीयता खारेजी लगायतका मुद्दा बोकेको राप्रपासँग लामो समयको चुनावी सहकार्य गरेका प्रधानमन्त्री केपी ओली राजा र राजसंस्था अस्वीकार्य भएको भनिरहेका छन् ।
पूर्वराजाको सत्तारोहणको रहरमा गणतन्त्रवादी दलहरुले प्रतिकार गर्दै आएका छन् । प्रतिनिधिसभामा समेत राजसंस्थाको बारेमा उठेका प्रश्नमा राप्रपाबाहेकका दलहरुले प्रतिकार गरिरहेका देखिन्छन् । यसले राजा फर्किएलान भन्नेमा ठूलो शंका छ । तर, राप्रपाले भने आन्दोलनबाटै राजा फर्काउने दाबी गर्न थालेको छ । राप्रपाले देशका विभिन्न ठाउँमा गरेको प्रदर्शनपछि काठमाडौंमा गरेको मोटरसाइकल ¥यालीले कस्तो स्थिति सिर्जना गर्ला ? धेरैले चासोका साथ हेरेको विषय हो यो । तर, पूर्वराजा ज्ञानेन्द्र भने विभिन्न क्षेत्रमा जाने, घुम्ने, देवालयको अवलोकन भ्रमण गर्नेबाहेक गरेको देखिन्न । तर राप्रपा भने हौसिएको देखिन्छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आफै पनि मोटरसाइकल चलाएर ¥यालीमा सहभागी भएका छन् । राप्रपाले राजा फर्काउने भन्दै अनेक प्रदर्शन र आन्दोलन गरेपनि सहजै राजा फर्किने स्थिति भने छैन् । सशक्त आन्दोलन वा विद्रोहबिना राजा फर्किने सम्भावना देखिन्न भने सबै राजनीतिक दलहरु राजसंस्थाको विरुद्धमा प्रष्ट उभिने देखिएकाले पनि सहजै राजा फर्किने सम्भाववना देखिन्न । तर, राप्रपाले थालेको राजनीतिल लडाईमा पूर्वराजा ज्ञानेन्द्रको प्रतिक्रिया र सहभागीताको सवाल भने चासोमा छ ।