News 24 Television
अबको विकल्प राजनीतिमा होइन, कर्मचारीतन्त्रमा खाेजिनुपर्छ :  शर्मा

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्नेकुरामा वैचारिक अन्योल देखिएको बताएका छन् । 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले बुधवार आयोजना गरेको 'नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार' विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको र कर्मचारीतन्त्रले साशकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको शर्माकाे जिकिर छ । उनले राजनीतिक परिवर्तन भएपनि राज्यका अङ्गहरु पुरानै रहेकाले उनीहरुको बुद्धि विवेकले काम नगरेको आरोप लगाए  । उनले सत्तामा पुगेका हरेक नेताहरुलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको दाबी गर्दै अबको विकल्प राजनीतिमा नभएर कर्मचारीतन्त्रमा खाेजिनुपर्ने बताए ।

शर्माले भने, ‘संविधानले भनेको समाजवादको बाटो तय गर्ने कुरामा वैचारिक अन्योलता छ । पहिलो कुरा प्रष्टै छ कि विकासको मोडालिटी के हो त ? बजेट खर्च कसरी गर्ने ? सही गर्नेले सही गर्दैन कसरी खर्च गर्ने ? सम्भवै छैन । मैले प्रधानमन्त्री जीहरु शेरबहादुर र प्रचण्ड जीलाई भेको थिएँ   टेबुल टेबुलको साशन छ यहाँ । तपाईहरु साशन गर्नुस् न भनेको थिएँ उहाँहरु साशन गर्नु हुन्न । प्रधानमन्त्रीले गरेपनि एउटा टेबुलको शासन गर्नुहुन्छ । अरु सयौँ टेबुलहरु छन् । मुख्य कुरा राज्य पुनःसंरचनाको कुरा थियो, त्यतिबेला नै आग्रह वा  पूर्वाग्रह के हो त्यहाँ गल्ती गरेका छौँ ।  हाम्रा राज्य सत्ताका कतिपय अङ्गहरुलाई  हामीले यथास्थितिमा राख्यौ र अनि पोलिटिकल नेताहरुले गाइड गरेनन् कि  उनको गाइडमा चले कुरा यही हो । म वा अर्को । नेताहरु कस्ले चलायो पुरानो ब्युरोकेसीले चलायो । उनीहरुले न भिजन ल्याए न बुद्धि विवेक ल्यायो । समस्या त्यसैमा छ । विकल्प त्यसमा चाहिएको छ ।’

उनले राज्य संयन्त्रभित्र सुधार गर्नुपर्नेमा जोड दिँदै वर्तमान अर्थतन्त्रमा देखिएको संकटको समाधान नेताहरुले दिनुपर्ने बताए । 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update