News 24 Television
भारतका विद्युत् मन्त्री खट्टर नेपालमा 

काठमाडौँ । भारतका विद्युत्, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निमन्त्रणामा उनी २ दिने भ्रमणका लागि आज (मंगलबार) नेपाल आएका हुन् ।

उनलाई ऊर्जा मन्त्रालयका उच्च अधिकारीहरुका साथै   काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए ।

उर्जा मन्त्री दिपक खड्का र  विद्युत् मन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २ सय २० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा तुम्लिङटार सबस्टेसन, बानेश्वर सबस्टेसन र बसन्तपुर सबस्टेसनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

खट्टरले आजै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यव्रक्रम छ । दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

आज नै मन्त्रीद्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबीच दुई अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार चार सय केभी क्षमताका दोधारा (लुम्की) बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारणलाइ

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update