
काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध सरकारको नेतृत्व गरेको दिनदेखि नै अनेक आक्रोश पोख्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नैतिक बल पाउने काम चलिरहेको छ । सरकार विचौलिया पोस्न बनेको आरोप लगाउने प्रचण्डलाई सत्तारुढ दलका नेताहरुले दिएको अभिव्कय्तिले नैतिक बल पुगेको देखिन्छ भने प्रचण्डले त्यस्ता अभिव्यक्तिलाई समेत समर्थनको रुपमा अथ्र्याउन थालेका छन् ।
केपी ओलीले सरकारको नेतृत्व गरेपनि कांग्रेससँगको सहकार्यमा उकुसमुकुस देखिन्छ । प्रायः हक्की र अडानमा रहने भनिएका प्रधानमन्त्री ओली पछिल्लो समय कांग्रेस रिझाउने अनेक प्रयास गरिरहेका बेटिन्छन् ।
ओलीले हरेक सार्वजनिक अभिव्यक्तिमा सरकार छाड्ने अभिव्यक्ति दिने गर्छन भने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रसंशा पनि । यसरी चलिरहेको सत्ता गठबन्धनमा कांग्रेस महामन्त्री गगन थापाले दिएको उटा अभिव्कय्तिले तनाव सिर्जना गर्ने देखिन्छ । गगनले भनेका थिए, प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलिया पुग्ने स्थिति छ ।
गगनले यस्तो जिकिर गरेपछि केहि पहिले गगन भर्सेस प्रचण्डको स्थिति साम्य हुने स्थितिमा पुगेको छ । कुनैबेला उनै गगनले प्रचण्डलाई हरेक साता सरकार फेर्ने प्रस्ताव लिएर आउने गरेको आरोप लगाएको देखिन्छ ।
गगनले यस्तो भनेपछि प्रचण्डले पनि प्रतिवाद गर्दै गगनप्रति टिठ लागेको भनेका थिए । गगनलाई आशा लाग्दो नेता ठानेको भन्दै प्रचण्डले खरो कटाक्ष गरेका थिए ।
यसरी आलोचना र विवादमा तानिने गरेका गगन–प्रचण्ड पछिल्लो समय फेरि मिलापको बाटोमा देखिन थालेका छन् । गगनले प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको प्रभाव छ भनेको विषयलाई प्रचण्डले सहि भन्दै नेताहरुले ढिलै भएपनि सत्य बोल्न थालेको भन्दै सरकार विचौलियासँग रमाइरहेको आरोप लगाएका छन् ।
यसरी कांग्रेस माओवादीवीच सरकारको शैलीलाई लिएर समान रुपमा टिप्पणी हुने त होएन भन्ने प्रश्नहरु उठेका छन् । यसरी नेताहरुको शैली र अभिव्यक्ति मिलन थालेपछि प्रधानमन्त्री केपी ओलीले संसदमा आक्रामक रुपमा पेश हुन आफ्ना दलका सांसदलाई उर्दी जारी गरेका छन् ।
संसदमा गलत कुराको जमेर प्रतिवाद गर्न भनेका ओलीले अहिले सार्वजनिक रुपमा सरकारमाथि लागेका आरोपदेखि अन्य विषयको निराकरण नै गर्न खोजेको देखिन्छ ।
राजनीतिक रुपमा दुई ध्रुबका दलहरु मिलेर निर्माण भएको सरकारको जग नै हल्लिएको बेला कांग्रेस एमालेले सहकार्यलाई लामो समय लैजान सक्लान भन्ने प्रश्नकाबीच सरकारी नियुक्तिदेखि अन्य प्रक्रियामा भागबण्डा मिलेर पनि थप दाउ रोज्ने प्रवृत्ति बढ्न थालेपछि सत्तारुढ दुई दलको झगडा झांगिन थालेको छ ।
यस्तोमा प्रचण्डले नैतिक बल पाइरहेका छन भने कांग्रेस एमालेलाई सत्ता गठबन्धनको औचित्य सावित गर्नुपर्ने चुनौति थप पेचिलो बन्दै गएको छ ।