
सर्लाही । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)की छात्रा प्रिसा साह छात्रावासमा मृत फेला परेको खबरपछि परिवार शोकमा डुबेको छ । घटनापछि प्रिशाका परिवार ओडिसा पुगिसकेका छन् ।
घटना शंकास्पद भन्दै प्रिसाका परिवार तथा आफन्तले उच्चस्तरीय छानबिनको माग गरेका छन् । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)की छात्रा प्रिसा साह छात्रावासमा मृत फेला परेको खबरपछि परिवार शोकमा डुबेको छ ।
शोकमा डुबेका प्रिसाका परिवारले घटनाको उच्च स्तरीय छानबीनको माग गरेका छन ।
केआईआईटीमा पढ्दै गरेकी बुटवलकी प्रकृति लम्साल पनि गत फागुन ४ गते केआईआईटीको सोही छात्रावास मृत फेला परेकी थिइन् । उक्त घटना सेलाउन नपाउँदै प्रिशाको मृत्यु भएको हो ।
सर्लाहीको कबिलासी नगरपालिका वडा नं ८ घर भई पर्साको वीरगञ्ज बस्दै आएकी प्रिसा केआईआईटीमा बीटेक –कम्प्युटर साईन्स को प्रथम वर्षमा अध्ययणरत थिइन् ।
बिरगंजबाट एसइइ र काठमाडौबाट प्लस २ गरी गत वर्ष नै इन्जिनियरिङगको पढाई सुरु गरेकी उनी पहिलो वर्षको परिक्षा सकेर यहि मे महिनाको १८ तारिक घर फर्किने तयारीमा रहेकी थिइन । सधैंझै एक दिनअघि मात्रै पनि प्रिसासँगमा सामान्य कुराकानी भएको भन्दै परिवारका आफन्तले घटनालाई शंकास्पद भनेका हुन् । त्यसैले घटनाको सुक्ष्म अनुसन्धान गरि दोषीलाई कार्यवाही गर्न परिवारले माग गरेका छन् ।
प्रिसाको मृत्युले साह परिवार मात्र होइन, उनको छरछिमेकी पनि शोक विव्हल भएका छन् । विद्यालय तहमा होनहार विद्यार्थी प्रिसाको मृत्यु सामान्य नभएको छिमेकी आशंका गर्छन् । निष्पक्ष छानबिन गरि दोषीमा कडाभन्दा कडा कारवाही हुनुपर्नेमा उनीहरुको जोड छ ।
घटनाबारे बुझ्न तथा शवको आवश्यक प्रक्रियाका लागि मृतक प्रिसाकी आमाबुवा तथा भाइ ओडिसा पुगिसकेका छन ।
परिवारका सदस्यहरु भारततर्फ लागेपछि प्रिसाको घर यतिबेला सुनसान छ । पोष्टमार्टम पश्चात आवश्यक प्रक्रिया पुरा गरि अन्तिम संस्कार भारतकै रामेश्वरममा गरि बाकी रहेको काजक्रिया घरमा गर्ने तयारीका साथ परिवारका सदस्यहरु उडिसा पुगेका हुन् ।
बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलामा रहेको आफ्नै कोठामा प्रिसा मृत फेला परेकी थिइन् ।