News 24 Television
भारत–पाकिस्तान युद्ध : नेपालमा के सम्म हुनसक्छ ?

काठमाडौं । भारत–पाकिस्तानबीच युद्ध चलिनै रहेको छ । दुवै देशले सैन्य बल प्रयोगमा जोड दिइरहेका छन् । अत्याधुनिक हतियारको प्रयोगका साथै हताहतिका घटना समेत सार्वजनिक हुने क्रम बढिरहेको छ । के यस स्थितिको प्रभावबाट नेपाल अछुतो रहन सक्ला त ? 

पहलगाम हमलापछि भारत–पाकिस्तान युद्धमा होमिएका छन् । भारतले पहलगाम हमलापछि पाकिस्तानका केहि क्षेत्रमा आतंकवादी समूहलाई लक्षित गर्दै मिसाइल र ड्रोन हमला गरेको दाबी ग¥यो । 

त्यसमा बालबालिकाले समेत ज्यान गुमाए । यस्तो स्थितिपछि पाकिस्तानले पनि उचित जवाफ दिने भन्दै सीमा क्षेत्रमा गोली हानाहानको स्थिति बन्यो । दुई देशबीचको द्वन्द्ध चर्किदै गएको छ भने पाकिस्तानले समेत भारतमा मिसाइल र ड्रोन हमला गरेको भारतले आोरप लगाएको छ । 

पाकिस्तानले भने भारतको यो आरोपलाई खण्डन गरेको छ । दुई देशबीचको युद्ध खतराकै कारण इन्डियन प्रिमियर लीग (आईपीएल)समेत स्थगित गरिएको छ भने सरकारी कर्मचारी, सेना, प्रहरीको बिदा कटौति गरिएको छ । यसले भारत युद्धका लागि तयार भइसकेको छनक दिन्छ भने पूर्णस्तरको यद्धले भयानक स्थिति ल्याउन सक्ने स्थिति समेत जिवितै छ ।

यसरी युद्ध चलिरहँदा दर्जनौंले ज्यान गुमाइरहेका छन् भने भारत पाकिस्तान पूर्ण युद्धमा होमिएलान भन्ने विश्लेषण चल्न थालेको छ । दक्षिण एसियाली राष्ट्रहरुको युद्धले एसिया क्षेत्रमा नै प्रभाव पार्ने खतरा उत्तिकै छ, भने भारत पाकिस्तान युद्धमा विभिन्न देशमा बनेका आधुनिक हतियारको प्रयोग, विभिन्न राष्ट्रको पक्षधरता र विश्व नै एकखाले युद्धको अवस्थामा होमिने खतरा रहेको बेला चलिरहेको युद्धले भयानक स्थिति सिर्जना गर्नसक्नेतर्फ समेत नेपालमा बहस हुन थालेको छ । 

प्रतिनिधिसभामा समेत सांसदहरुले भारत पाकिस्तान युद्धबारे सरकारलाइ विभिन्न ध्यानाकर्षण र नेपाली नागरिकप्रतिको जिम्मेवारीबारे सचेत गराउने काम गरिरहेको देखिन्छ । 

उसोतः प्रतिनिधिसभामा सार्कको भविष्यदेखि भारत पाकिस्तान शान्ति स्थापनार्थ नेपालले कूटनीतिक पहल थाल्नुपर्ने आवाज समेत उठेका छन् । 

यसरी सांसदहरुले अनेक प्रश्न गरिरहेको बेला सभामुख देवराज घिमिरेले समेत भारत पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारलाई रुलिङ गरेका छन् । 

यता, नेपाली नागरिकले शुक्रबार नेपाल स्थित भारत र पाकिस्तान दुबै देशका दूतावास अगाडी युद्ध रोक्दै विश्व शान्ति कायमको मागसहित प्रदर्शन गरेका छन् । 

कोही पनि मानिसको जीवनलाई कसैले पनि अनाहकमा लिन नपाउने, बाँच्न पाउने अधिकारलाई निमोट्न नपाउने जस्ता पक्षलाई दुवै देशले आत्मसाथ गर्दै मानव जीवनको रक्षाका लागि प्रदर्शन गरिएको हो । विश्वलाई जोगाउन शान्तिको बाटोले मात्रै सक्ने भन्दै विश्वशान्तिका लागि दुवै मुलुकलाई दबाब दिने उद्देश्य यस प्रदर्शनको हो । 

कूटनीतिक समर्थनको खोजी

भारत पाकिस्तान युद्धले नेपालमा समेत ठूलो प्रभाव पर्ने खतरा देखिन्छ । यस्तोमा नेपालले भारतकै दबाबमा सीमा नाकामा सुरक्षा व्यवस्थालाई कडाई पार्दै लगेको छ भने नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले समेत प्रधानमन्त्री केपी ओलीलाई भेटेर नेपालको औपचारिक धारणा मागेका छन्। 

प्रधानमन्त्री ओलीले नेपालको भूमी छिमेकीविरुद्ध प्रयोग हुन नदिने आश्वस्त पारेको र भारतीय राजदूत श्रीवास्तवले आतंकवादविरुद्ध नेपालले जनाएको प्रतिबद्धताको प्रसंसा गरेको बताइन्छ । यसरी अहिले भारत पाकिस्तान युद्धबारे नेपालले प्रतिक्रिया जनाइरहँदा कस्तो प्रभाव पर्ला भन्ने विषय भने मुख्य रुपमा देखा परेको छ। 

भारत–पाक युद्ध र नेपाल प्रभाव

भारत पाकिस्तान युद्ध लामो समय चल्ने स्थिति सिर्जना भएमा नेपालमा धेरै खाले प्रभाव पर्ने स्थिति छ । नेपालले सबैभन्दा ठूलो मात्रामा भारतसँग नै आयात गर्ने र भारतीय नाका हुँदै अन्य मुकुलकबाट समेत आयात निर्यात गर्ने भएकाले यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव नेपालमा पर्नेछ । 

यतिमात्रै नभई नेपालमा इन्धन, ग्यास, औषधिदेखि अत्यावश्यक वस्तुको सप्लाईमा समेत समस्या सिर्जना हुने स्थिति छ । नेपाल भारतबीच रोटीबेटिको मात्रै नभई सांस्कृतिक सामाजिक सम्बन्ध समेत छ, भने भारतमा लाखौं नेपालीहरु मजदूरी, अध्ययन तथा अन्य प्रयोजनमा बस्ने गर्छन् । 

पाकिस्तानमा समेत नेपालीहरु विभिन्नप्रयोजनमा रहेका छन् । दुई मुलुक पूर्णस्तरको युद्धमा होमिने स्थिति बनेमा नेपालीहरु प्रभावित बन्नेछन भने भारतमा नेपाली नागरिक नै गोरखा भर्तिको रुपमा रहेकाले पनि समस्या चुलिन सक्ने खतरा उत्तिकै छ ।

हवाई क्षेत्रमा ठूलो संकटको खतरा

नेपाल आउने हवाई रुट भारत हुँदै  बाहिरिने गरेका छन् । नेपाल भित्रिने विमानहरुले भारत–पाकिस्तानको आकास प्रयोग गर्ने भएकाले पनि दुई मुलुकबीच लामो समय युद्ध चलेमा नेपाल अन्र्तराष्ट्रिय पहुँचबाट महंगो स्थितिमा पुग्नेछ । चीन जान समेत भारतको बाटोप्रयोग गर्ने स्थितिका बीच दुई मुलुक लामो समय द्वन्द्धमा फसेमा समस्या थप बल्झिनेछ देखिन्छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update