News 24 Television
पचरौतामा ‘सीधा कुरा मेयरसँग’, असन्तुष्टिमा मेयरको जवाफ यस्तो !

बारा । स्थानीय निकायलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले शुरु गरेको ‘सीधा कुरा मेयरसँग’ को पहिलो संस्करणको तेस्रो श्रंखला बाराको पचरौता नगरपालिकामा सम्पन्न भएको छ ।  स्थानीय पालिकाहरुले अहिलेसम्म गरेका कामकारबाही र उनीहरुले काम गर्दै जाँदा सामना गर्नुपरेका चुनौतिहरु जनतालाई जानकारी दिने तथा जनताका गुनासो र प्रश्न सीधा मेयरसँग राख्ने उद्देश्यले न्यूज २४ टेलिभिजनले सिधा कुरा मेयरसँग कार्यक्रम शुरुवात गरेको हो ।

न्यूज २४ टेलिभिजनले ‘सीधा कुरा मेयरसँग’ शुरु गरेको पहिलो संस्करणको तेस्रो श्रंखला बाराको पचरौतामा सम्पन्न भएको छ । मेयरसँग सीधा कुरा राख्दै सहभागिहरुले विविध पक्षबारे प्रश्न सोधेका थिए । उनीहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगाएतका विषयमा प्रश्न गरेका छन् । जनप्रतिनीधीले  निर्वाचनताका गरेका बाचा र उनका चुनावी एजेण्डा तथा स्थानीय सरकारबाट जनताले गरेका अपेक्षाका विषयमा आवाज उठाउदै जनप्रतिनिधिको ध्यानार्कषण गराएका छन्  ।  

कुनै समय पचरौता भन्ने बित्तिकै ग्रामिण भेग, पानिको हाहाकार र विकास नभएको पालिकाको रुपमा रुपमा परिचित थियो । तर अहिले नगरपालिकाले खानेपानी तथा सिचाईमा व्यापक सुधार गरेको देखिन्छ । नगरपालिकाले सीमित स्रोत साधन र बाधा अड्चनका बाबजुद पनि धेरै सुधारका कार्य गरेको नगर प्रमुख जलन्धर सिंह जैसवार दाबी गर्छन् । 

63511fa8-5242-4e84-9a6d-794cfca17d51-1748011870.jpg
 

पचरौताको मुख्य आए स्रोतको रुपमा रहेका पोखरीहरु जीर्णा रहेकाले मर्मत थालिएको बताउँदै नगर प्रमुख सिंहले ग्रामिण भेगका सबै वडामा पनि पक्की बाटो बनाइएको बताए । ग्रामिण भेगमा विकास भएको छैन भन्ने भ्रम हटाउन आग्रह गर्दै उनले आफै गएर हेर्न पनि निवेदन गरे । प्रश्नकर्ताको जवाफ दिँदै उनले पचरौता नगरपालिका बारा जिल्ला भित्र रहेका नगरपालिका मध्य कम बेरुजु भएको बताएका छन् । यस्तै मेयर सिंहले नगरपालिकाको वडा नम्बर २ को आफ्नो भवन भएतापनि वडा अध्यक्ष मनोज यादवले पुरानै कार्यलयबाट कार्यसन्चालन गरेको र त्यहाबाट आउने राजस्व समेत आफैले राख्ने गरेको आरोप लगाएका छन्  ।

पचरौता नगरपालिकाले अहिलेसम्म अतिक्रमणमा परेको र नगरपालिकाको योजना रहेका क्षेत्रका सय बीघा भन्दा बढी जग्गा आफ्नो अधिनमा ल्याई बिकास निर्माणको कार्य थालनी गरेको छ । यद्यपी, नगरपालिकाले सबै अतिक्रमणमा परेको जग्गा भने खालि गराएको छैन । पचरौतामानै विश्वसनीय र गुणस्तरीय शिक्षण संस्था तथा स्वास्थ्य प्रतिष्ठान नहुँदा वर्षेनी शिक्षा र स्वास्थ्यको नाममा करोडौ रकम बाहिरिने गरेकोप्रति  बिद्यार्थी राधे यादवले चिन्ता व्यक्त गरे । यस्तै आदर्श रौनियारले बिद्यालय मन्दीर जस्तै भएपनि स्कुलमा बिज्ञान ल्याव, कम्पुटर ल्याव, डिजिटल बोड र खानेपानिको अभाव रहेको दुखोसो गरे । यस्तै सहभागी अन्य बिद्यार्थीले गुणस्तरीय पढाईको वातावरण निर्माण गर्न सुझाएका छन् ।

0eb44e61-dc6a-4f7c-8c1a-435c4cf446ce-1748011909.jpg
निर्वाचनताका मेयर सिंहले गरेका बाचा र उनका चुनावी एजेण्डा कता गए र के भए भनेर स्थानीयले मेयर सिंहको ध्यानाकर्षण गराए । मेयर सिंहलाई मत किन ? भन्दै चुनावताका सुनाइएका एजेण्डाहरु कार्यान्वयनमा नआएको आरोप समेत लगाए । 

कार्यक्रममा पचरौता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्तराज जोशीले उपप्रमुख अध्यक्षतामा न्यायिक समितिमा आउने मुद्दाहरुमा मिलापत्र गराउने काम भइरहेको बताए । यस बाहेक नगरपालिकाले नितिनियम निमाण गर्दा पालिकाको शाखाको राय सुझाब र आवश्यता हेरी बजेट निर्माण र बिकास निर्माणको कार्य गरेको उनको दाबी छ । 

कार्यक्रममा स्थानीय जनताको प्रश्न राख्न हामिले पटक पटक अनुरोध गर्दा समेत जसपाबाट निवार्चित जिम्मेवारी तहमा रहेका निर्वाचित जनप्रतिनिधिहरुले भने आरोप प्रत्यारोपमै उत्रिएका थिए । 

587d8a13-eaa4-49a1-9f10-2650ee1cdf6a-1748011935.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update