News 24 Television
बजेटमा वीरगञ्जको नारायणी रंगशाला नअटाँएको भन्दै नगर प्रमुख सिंहको आक्रोश  

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगञ्जस्थित नारायणी रंगशालाको पूर्नः निर्माणमा बजेट विनीयोजन नगरेको प्रति आक्रोश व्यक्त गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८२\८३ को बजेटमा मुलुककै दोश्रो ठूलो रंगशालाको रुपमा चिनिने नारायणी रंगशालाको पूर्न निर्माणमा सरकारले बजेट नछुट्याएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्नै नगर प्रमुख सिंहले ‘‘बजेटमा मुलुकका अन्य ठाउँका रंगशालाहरु अटाउने तर वीरगञ्जको रंगशाला भने कहिलै नअटाउँने ? ’’ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

 
उनले लेखेका छन्, ‘थुईक्क ! बजेटमा देशका हरेक ठाउँका रंगशाला अटाउँटनर, तर वीरगञ्जको रंगशाला अटाउँदैन ? हाम्रा सपना बारम्बार बजेछबाहिर ! खेलकुदको नाममा समिति बनाउने, फोटो खिचाउने– तर काम शून्य ?

यस्तै, उनले सरकारले रंगशाला बनाउन सक्दैन भने स्थानीय सरकारलाई जिम्मा दिन आग्रह गरे ।

सिंहले भने, ‘हामीलाई झुटो आशा नदेखाऊ, संघ– प्रदेश सरकार १ यदि साँच्चै सम्भव छैन भने– हामी स्थानीयलाई लिखित रुपमा जिम्मा देउ, हामी आफैँ रंगशाला बनाउँछौ, हामी आफै वीरगञ्जको गैरव जोगाउँछौँ ।

नगर प्रमुख सिंहले वीरगञ्ज उपेक्षाको नभई सम्मानको हकदार रहेको बताए । अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update