News 24 Television
विधुत कटौटीको घटनाले सांसद देवकोटाका श्रीमानको आत्महत्या प्रयासको घटना बाहिरियो

वीरगञ्ज । पर्साकी समानुपातिक संघीय सांसद निर्मला देवकोटाका श्रीमान कुमार कोईरालाले आत्महत्या गर्ने प्रयास गरेका छन् । 

घरायसी विवादका कारण उनले आत्महत्याको प्रयास गरेको बुझिएको छ । विष सेवन गरेका कारण उनी करिब ८ दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत छन् । उनको अस्तापलको आईसियू कक्षमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारन्मुख रहेको नाम नबताउने सर्तमा एक चिकित्सकले बताए । 

मृगौला पीडित कोईरालाको विष सेवनले गर्दा स्वास्थ्य थप जटलि हुन पुगेको थियो । तर अहिले उनको अवस्थामा सुधार आएको ति चिकित्सकले बताए । यस विषयमा पर्सा प्रहरीसंग बुझ्न खोज्दा घटनाको बारेमा आफूहरु त्यति जानकार नरहेको र घटनाको अनुसन्धान भइरहेको गैरा जिम्मेवार जवाफ दिए । 

विष सेवन, दुर्घटना जस्ता अन्य कुनै पनि घटना अस्पतालमा आएलगतै प्रहरीलाई जानकारी दिने गरिन्छ । यता, पर्सा प्रहरी प्रशासन भने घटनाबारे बेखबर छ  । संघीय सांसदका श्रीमान भएकै कारण उक्त घटनालाई लुकाउन खोजिएको देखिन्छ । पर्साका प्रहरी प्रवक्ता समेत रहेका डिएसपी किशोर लाम्सालले कोईराला नामको व्यक्ति विष सेवन गरेको विषय हिजो मात्रै थाहा पाएको र अनुसन्धानको प्रकिया अघी बढेको बताए । 

यस्तै नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले केही दिन अघी विष सेवन गरेका व्यक्ति उपचारका लागी अस्पतालमा आएको तर सांसद देवकोटाको श्रीमान रहको भन्नेमा आफूहरु बेखबर रहेको बताए । 

यसले घटना लुकाउन खोजिएको नै हो भनेर बुझ्न सककिन्छ । खासमा शुक्रबार राति नारायणी असपतालमा विधुत कटौती भएपछि आईसियू कक्ष अन्धकार भएर विरामी र कुरुवाहरु छट्पाउन थालेको विषयले सामाजिक संजालमा चर्चा पाएपछि कोईरालाको विष सेवन गरेको घटना बाहिरिएको हो । 

घटनाको विषयमा थप जानकारी लिन न्यूज २४ टिभी अस्पतालको आईसियू परिसरमा पुग्दा आफूहरुलाई बोल्ने अनुमति नभएको भन्दै कुनै चिकित्सकले जवाफ दिन मानेनन् । देवकोटा नेकपा एमालेको समानुपातिक  तर्फको सांसद हुन्।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update