News 24 Television
पोखरामा सार्वजनिक सुनुवाई, नागरिकका सुझावप्रति महानगर सकरात्मक 

कास्की । पोखरा महानगरपालिकाले नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सेवा प्रवाहदेखि विकास निर्माणका गतिविधिसम्मका विषयमा नागरिकको जिज्ञासा र सुझावलाई सम्बोधन गर्न गरिएको सुनुवाइमा विभिन्न महत्वपूर्ण प्रश्नहरू उठाइएका छन् ।  

पोखरा महानगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय सरकार र नागरिकबीच दोहोरो संवाद स्थापना गर्दै पारदर्शिता र जबाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

सेवा प्रवाहदेखि विकास निर्माणका गतिविधिसम्मका विषयमा नागरिकको जिज्ञासा र सुझावलाई सम्बोधन गर्न गरिएको सुनुवाइमा विभिन्न महत्वपूर्ण प्रश्नहरू नागरिकले गरेका छन् । 

सार्वजनिक सुनुवाइमा उठेको प्रश्नहरुको जवाफ पोखरा महानगरका प्रमुख धनराज आचार्यले दिएका छन् । नागरिकबाट आएका रचनात्मक सुझावलाई भविष्यमा कार्यान्वयनमा लैजाने मेयर आचार्यले प्रतिबद्धता पनि गरेका छन् ।  

सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत नागरिक र स्थानीय सरकारबीचको विश्वास बढाउने, सेवा प्रवाहमा सुधार ल्याउने र समुन्नत पोखरा निर्माणमा जनसहभागिता सुदृढ गर्ने अपेक्षा गरिएको छ । सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमले नागरिकको आवाज नजिकबाट सुन्ने र समाधानका लागि ठोस कदम चाल्ने वातावरण तयार गर्ने भएकलो पोखरा महानगरले यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने नागरिकको सुझाव र अपेक्षा रहेको छ । 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update