News 24 Television
मनकामना केबुलकार ५० दिन बन्द हुने
मनकामना केबुलकार ५० दिन बन्द हुने नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा।लि।बिच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रा.लि.का विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 
चिनियाँ संस्कृति मन्त्रीको लुम्बिनी भ्रमण : हवाई सेवा सञ्चालन गर्न नेपाली पक्षको माग
चिनियाँ संस्कृति मन्त्रीको लुम्बिनी भ्रमण : हवाई सेवा सञ्चालन गर्न नेपाली पक्षको माग चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । नेपाल भ्रमणका क्रममा मन्त्री चेन रुइफेंङले बुधबार लुम्बिनीको भ्रमण गरेका हुन् ।  मन्त्री चेन रुइफेंङ सहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले भव्य रुपमा स्वागत गरेका थिए ।  भ्रमणका क्रममा मन्त्री रुइफेंङले...
काठमाडौँमा आज राति वर्षा हुने
काठमाडौँमा आज राति वर्षा हुने आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए । उनका अनुसार स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ । कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौँ उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने  छ ।
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।
टीकटकको प्रतिबन्ध हट्ने संकेत, सरकारका प्रवक्ताको यस्तो भनाइ
टीकटकको प्रतिबन्ध हट्ने संकेत, सरकारका प्रवक्ताको यस्तो भनाइ नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको भन्दै गत नोभेम्बर दोस्रो साता नेपालमा टीकटक एपमा प्रतिबन्ध लगायो । 
पाथीभरा क्षेत्रमा वृक्षरोपण
पाथीभरा क्षेत्रमा वृक्षरोपण ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ ।  मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा २० हजार बिरुवाको रोपिँदै छन् । 
दश वर्षमै ठूला–ठूला प्राकृतिक विपत्ति, अर्बौ क्षति, हजारौंको उठिबास 
दश वर्षमै ठूला–ठूला प्राकृतिक विपत्ति, अर्बौ क्षति, हजारौंको उठिबास  कमजोर भौगोलिक अवस्थाका कारण सिन्धुपाल्चोक जिल्ला वर्षेनी बाढी, पहिरोजस्ता प्राकृतिक विपदको चपेटामा पर्ने गर्छ । 
Weather Update