News 24 Television
सुलभ मार्ट लिमिटेड सञ्चालनमा आउने, १० हजारलाई रोजगारी

काठमाडौं । नेपालभर एक हजार विक्री केन्द्र सहित सुलभ मार्ट लिमिटेड सञ्चालनमा आउने भएको छ । सञ्चालक समितका अध्यक्ष केशव विष्टका अनुसार साउन ५ गतेबाट सुलभ मार्ट लिमिटेड औपचारिक रुपमा सञ्चालनमा आउन लागेको हो । 

सोहि दिन काठमाडौँका १० स्थानमा संयुक्त मार्ट सञ्चालनमा आउने छन् । खुद्रा, होलसेल, सुपरस्टोर र अनलाइनबाट सम्पुर्ण सामानहरु खरिद विक्री गरिने छ विष्टले भने, हामी १० हजार जनालाई रोजगारी दिनेछौँ । नेपालको अर्थतन्त्रलाई नै फाइदा पु¥याउने हाम्रो उदेश्य रहेको छ । मार्टले रोजगारी, स्थानीय उत्पादन र बजारीकरणमा ठुलो भुमिका खेल्नेछ । 

2-1752841799.jpg
सञ्चालक समितमा अध्यक्ष विष्ट सहित कोषाध्यक्षमा सिए महेश पोखरेल, सदस्य सचिवमा प्रेम बहादुर विष्ट, सदस्यहरुमा डा। महेश थपा, पंख बहादुर विष्ट, गोकुल अधिकारी र सफल होम्स् रेहका छन् । साथै सल्लाकार सदस्यमा याम प्रसाद पौडेल, गोपाल प्रसाद अधिकारी र टंक प्रसाद खनाल रहेका छन् । 

सुलभ मार्ट लिमिटेड बारे बृस्थित बुझौँ

परिचय

शुुलभ मार्ट नेपाली बजारमा मार्ट परिकल्पनाको पहिलो पब्लिक लिमिटेड कम्पनी हो । मार्केटिङ्ग क्षेत्रमा २ दशकको अनुभवीसँगै विभिन्न पेशा व्यवसायी व्यक्तित्वहरुको लगानीद्वारा स्थापना गरिएको नेपाली बजारको एकमात्र सम्पूर्ण सामानहरुको होलसेल, भौतिक र अनलाइन मार्ट हो । नेपाली बजारकोतुलनामा सबैभन्दा बढी अर्थतन्त्रको हिस्सेदार व्यवसायलाई अगाल्दै देशभर १ हजार विक्री केन्द्रको स्थापना गरी १० हजार व्यक्तिलाई रोजगार दिन सक्नेआधार बनाई खोलिएको कम्पनी शुलभ मार्ट हो । 

उद्देश्य 

–सस्तो, गुणस्तरीय र भरपर्दोसामान उपलब्ध गराउने

–विक्री शाखा र अनलाइन मार्फत सहजीकरण गराइने

–घरघरमा नेपाली उत्पादनलाईप्रयोग गर्नप्रोत्साहन गर्ने

–नेपाली बजारको विश्वासिलो अनलाइन र अफलाईन खरिद 

विक्री प्लेटफर्मबनाइने 

लक्ष्य 

–नेपालमा आधुनिक र टेक्नोलोजीमैत्री खुद्रा र होलसेल व्यापारिक सञ्जाल 

विस्तार गरिने

–होलसेल र खुद्रा प्रणालीलाई एकीकृत गर्दै आपूर्ति श्रृङ्खला सुदृढ पार्ने 

–नेपाली उत्पादनलाईप्राथमिकता दिँदैआयात प्रतिस्थापनमा टेवा पु¥याइने

–गुणस्तरीय सामान न्यूनतम मूल्यमा उपलब्ध गराउने, देशभित्रको वितरण 

प्रणाली सुधार गर्ने, रोजगारी सिर्जना गर्ने

–ग्राहक समर्पण बढाउन सदस्यता प्रणाली लागुगर्ने

–क्ष्एइ तथा सार्वजनिक लगानीमार्फत पुँजी संकलन गर्दैै । सम्पूर्ण नेपालीले 
अपनत्व लिनेखुद्रा सञ्जालकोेरूपमा स्थापित हुने

–नेपालभर १००० विक्री शाखा बनाउँदै १०००० नेपालीलाई रोजगारी दिँदे 
व्यवसायमा दक्ष बनाउने

बजार विश्लेषण 

–लक्षित समूह : न्यून, मध्यम र उच्च आय भएका उपभोक्ता लाभान्वित 

–बजार स्थिति : अनौपचारिक खुद्रा बजार हाबी भएपनि व्यवस्थित 

मार्टहरुकोमाग बढ्दो

–प्रतिस्पर्धीहरुः भाटभटेनी, बिग मार्ट, स्थानीय किराना पसलहरु 

–अवसरहरुः अनलाईन अर्डर, लोकल उत्पादनलाई प्राथमिकता, भुक्तानी 

- सहजीकरण गर्नडिजिटल भुक्तानी 

बिक्री तथा बजार प्रवद्र्धन योजना 

–लो–कस्ट \ हाईभ्यालुमोडल 

–हरेक दिन\ हप्ता र महिनामा छुट

–ग्राहक सदस्यता कार्ड, छुट कुपनहरू 

–सामुदायिक प्रचारः मेला, टोल–टोलमा मोबाइल बजार 

–डिजिटल मार्केटिङ्गः फेसबुक, टिकटक, युट्युब, इन्टाग्राम 

–स्थानीय रेडियोतथा व्यानर प्रसार 

–घर मैडेलिभरी सेवा

यस्तै, अधिकृत पुजी ५० करोड राखियको कम्पनिले नेपाल भरका उधमिलाई लगानिको अबसर प्रदान गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update