News 24 Television
"लर्न द पावर अफ एआई इन फोटो इडिटिङ" कार्यशाला सफलतापूर्वक सम्पन्न

काठमाडौं । काठमाडौँ फोटोग्राफर संघ (KPA) को आयोजनामा आज सम्पन्न भएको "Learn the Power of AI in Photo Editing" नामक १ दिने बृहत कार्यशाला अत्यन्तै उत्साहजनक र सफल रह्यो।

कार्यशालामा प्रतिष्ठित फोटोग्राफरहरू, स्वतन्त्र पेशेवर (फ्रिलान्सर), स्टुडियो संचालक तथा फोटोप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम स्थल – दियालो फुडल्याण्ड एण्ड ब्यान्क्वेट, बसुन्धरा मा सम्पन्न सो कार्यशालामा सहभागीहरूले Adobe Certified Expert K. Ganesh (भारत) ले  एआई-आधारित फोटो सम्पादनका आधुनिक प्रविधिबारे प्रत्यक्ष प्रशिक्षण दिए।

photo-1753008573.jpg
Face enhancement, background replacement, cinematic color grading जस्ता विषयमा गहिरो व्याख्यानका साथै सहभागीहरूले  थोरै समयमै कसरी फोटोमा आश्चर्यजनक परिवर्तन ल्याउन सकिन्छ भन्ने प्रत्यक्ष अाभास गरे ।
 काठमाडौँ फोटोग्राफर संघ (KPA) अध्यक्ष श्री हरि प्रसाद घिमिरे ले सहभागी सबैलाई धन्यवाद दिंदै भन्नुभयो, "हाम्रो उद्देश्य नेपाली फोटोग्राफी व्यवसायमा नवीनतम प्रविधिको ज्ञान पु¥याउने हो। यस कार्यशालाले त्यो यात्रालाई अझ सशक्त बनाएको बताए।

फोटोग्राफरहरूलाई प्राविधिक सशक्तिकरणमार्फत् अन्तर्राष्ट्रिय स्तरमा लैजाने अभियानमा KPA कटिबद्ध अध्यक्ष घिमिरेले बताए।
सहभागीहरू अत्यन्त सन्तुष्ट देखिन्थे। धेरैले अब फोटो सम्पादनलाई आफ्नो व्यवसायिक सेवामा समावेश गर्ने योजना बनाएका छन्। केही युवा फोटोग्राफरहरूले यो कार्यशालालाई आफ्नो करियरमा 'गेम चेन्जर' भएको अनुभव समेत बताए ।

photo-2-1753008588.jpg
काठमाडौँ फोटोग्राफर संघले आगामी दिनमा यस्ता प्राविधिक कार्यशालाहरूलाई  नियमितता दिने प्रतिबद्धता जनाउँदै कार्यक्रम सम्पन्न भएकाे छ । "उक्त कार्यक्रम Photo Concern सहयाेग सम्पन्न भएकाे थियो। चन्द्रलाल राईकाे संयोजकत्वमा भएकाे कार्यक्रम स‌‍स्थाका सचिब रेशमराजा पण्डितले सन्चालन गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update