News 24 Television
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड

भर्जिनिया । नेपाली मिडिया उद्योगमा उल्लेखनीय योगदान पु¥याउदै नेपाली मिडिया उद्योगलाई अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित बनाउन खेलेको योगदानको उच्च मूंल्याकन गदै नेपालको प्रतिष्ठित मिडिया ग्रुप अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई ‘मिडिया लिडर अफ द इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरिएको छ । 

अमेरिकाको प्रतिष्ठित कम्पनी बाईस्ट्रिम्स् एलएलसीले बस्नेतलाई यो बर्षको ‘मिडिया लिडर अफ द इयर’ अवार्डबाट सम्मानित गर्ने घोषणा गरेको हो । बाईस्ट्रिम्स्का चेयरम्यान एड्रियन पोखरेलले अवार्ड प्रदान गर्ने घोषणा गरेका थिए । कम्पनीको आधिकारीक फेसबुक पेज र नमस्ते अमेरिका कार्यक्रमबाट उत्त घोषणा सार्वजनिक समेत गरिएको छ ।

‘नेपाली संचार क्षेत्र मात्रै नभई , अन्तराष्ट्रिय मिडिया लिर्डर बन्ने क्रममा समेत उनले अनुकरणीय मापदण्ड कायम गरे’ बाईस्ट्रिम्स् एलएलसीका चेयरम्यान एड्रियन पोखरेलले भने ‘पत्रकारितामा सत्य, नवीनता र जन–सेवाको मूल मर्मलाई आत्मसात गर्दै नयाँ पुस्तालाई नेतृत्वदायी दृष्टिकोण दिएका छन । उनी नेपाली पत्रकारिताका लागि मात्र होइन, विश्व पत्रकारिताका लागि पनि प्रेरणास्रोत बनिसके ।’

उनको नेतृत्वमा अन्नपूर्ण मिडिया नेटवर्क प्रेस स्वतन्त्रताको पहरेदार, उत्पीडित आवाजहरूको प्रतिनिधि र नयाँ पुस्ताका पत्रकारहरु, व्यवस्थापनमा रहने सबैका लागि प्रेरणाको केन्द्रका रूपमा स्थापित भएको उनको भनाइ छ ।

बस्नेतले गरेको सत्यनिष्ठ पत्रकारिता, गहन अनुसन्धान र निर्भीक निर्णयहरूले हजारौँ पाठक तथा दर्शकहरूलाई जिम्मेवार नागरिकका रूपमा रूपान्तरण गर्ने काम गरेको अध्यक्ष पोखरेलको भनाइ छ।

‘गाह्रो र चुनौतीपूर्ण परिस्थितिमा पनि सत्यको पक्षमा दृढतापूर्वक उभिने, आशा जगाउने र नेतृत्वमा मानवीय दृष्टिकोण प्रस्तुत गर्ने गुणले उहाँलाई यो सम्मानको लागि योग्य बनाएको हो’  पोखरेलले उल्लेख गरेका छन् । अवार्ड घोषणा गरिएको भिडियो सन्देशमा भनिएको छ ‘मनोज, तपाईंको नेतृत्व, सत्यप्रतिको अडान र दूरदर्शितापूर्ण सोचप्रति हामी गहिरो सम्मान व्यक्त गर्छौं । तपाईंले देखाएको मार्गले आजका मात्र होइन, भोलिका पत्रकारहरूलाई समेत प्रेरणा दिनेछ । तपाईंको योगदानले हामीमा आशा, सिर्जनशीलता र साहसको उज्यालो फैलाएको छ । अब तपाईंको यो यात्रा अझ प्रवल र प्रखर बनोस हाम्रो हार्दिक शुभकामना छ ।’ 

अमेरिकन कम्पनी बाईस्ट्रिम्स्ले हरेक बर्ष संसारभरका मिडियाका प्रभावशाली व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गर्ने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update