त्रिविको शुल्कशोषण विरुद्ध अखिल (क्रान्तिकारी) को शान्तिपूर्ण धर्ना
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार विभागको शुल्क उच्च भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) टियु जिल्ला समितिले जारी राखेको शान्तिपूर्ण धर्ना ४ दिनमा प्रवेश गरेको छ। बिहीबारदेखि विश्वविद्यालयको कीर्तिपुरस्थित उपकुलपति कार्यालयभित्र सुरु गरिएको धर्ना शनिबार पनि निरन्तर चलिरहेको छ।
आन्दोलनकारी विद्यार्थीहरूले ‘शिक्षामा शोषण बन्द गर’, ‘शुल्क तुरुन्त घटाउ’, ‘गरिब विद्यार्थीको छातीमा गोली, यो त केन्द्रीय विभागको नीतिमा झोली’ जस्ता नारा लगाउँदै विरोध जनाएका छन्। धर्ना कार्यक्रमका संयोजक मनिष चम्लागाईको नेतृत्वमा संचालन भइरहेको छ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०८२ १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय