News 24 Television
नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानलाई नागार्जुन रिसोर्टको जर्सी प्रायोजन

काठमाडौं । नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठान शाखालाई नार्गाजुर्न रिसोर्टले ८ थान जर्सी प्रायोजन गरेको छ । याक्थुङ युवा मञ्च जिल्ला कार्यसमित काठमाडौंले आयोजना गरेको सिःसेक्पा कप – २०८२ को फुटसल प्रतियोगिताका लागि नेपाल पत्रकार महासंघलाई न्यूज २४ प्रतिष्ठान शाखालाई रिसोर्टले जर्सी प्रायोजन गरेको हो । 

22-1753694659.jpg
फुटसलका लागि जर्सी प्रायोजन गरेपछि रिसोर्टका व्यवस्थापक अभिषेक विक्रम शाहले आगामी दिनमा पनि सहकार्य हुनुपर्नेमा समेत जोड दिए ।

22-1753694961.jpg
‘पत्रकारहरु समचार कक्षमा बसेर मात्रै सम्पादन तथा रिपोर्टिङको काम गर्दैनन् । खेलमा पनि अब्बल हुन सक्छन भन्ने मान्यता स्थापित हुनुपर्छ भन्ने मनशायका साथ सानो सहयोग गरेको हो । रिसोर्टले गरेको सहयोग सानो भएपनि यसले सहकार्यको ढोका खोल्छ भन्ने विश्वास समेत लिएको छु’, शाहले न्यूज २४ संग भने ।

lala-1753694816.jpg
प्रतियोगिता शुक्रबार र शनिबार ललितपुरस्थित फुटसल भिलेजमा सम्पन्न भएको थियो । रिसोर्टसंगको सहकार्यलाई थप मजबूत बनाउनुपर्नेमा जोड दिदै प्रतिष्ठान शाखाका अध्यक्ष कृष्णकुमार कन्दङ्वाले व्यवसाय र पत्रकारिता एकअर्काका परिपुरक रहेको बताए ।
 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update