News 24 Television
लुम्बिनी विकास कोषका लागि ऐन बनाइदिनुस्, पैसा माग्दिनँ : उपाध्यक्ष लामा

काठमाडौँ । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले सरकारले लुम्बिनी विकास कोषको लागि कानून बनाइदिए लुम्बिनी गुरुयोजना कोष आफैँले बनाउने र पैसा नमाग्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नीति बनाइदिए गुरुयोजनाका लागि सरकारसँग कुनै रकम नमाग्ने र कर्मचारीहरुको पारिश्रमीक पनि कोष आफैँले व्यहोर्ने जिकिर गरे ।

उनले आफू आउनेबित्तिकै सबैथोक कायापलट हुने आफूले नभनेको भन्दै ऐन बनाएर दिए लुम्बिनी बनाउने बताए ।  कोषअन्तर्गत साढे ३ सय कर्मचारी रहेको र उनीहरु सबैको पारिश्रमिक कोषले व्यहोरिरहेको उनकाे दाबी छ । 

लामाले भने, ‘म आइसकेपछि लुम्बिनी दिनको रात एकदमै चेन्ज हुन्छ त्यो आशा गर्ने पनि गलत हो, मैले त्यो आशा पनि गरेको छैन । तर राज्यले पोलिसी बनाइदिनुपर्छ । गुरुयोजना नेपाल सरकारबाट चाहिँदैन । हामी बनाउँछौँ । तपाईंहरुले नेपाल सरकारबाट हामीले राज्यको संयन्त्र बनाइदिनुस् । पैसा हामी ल्याउँछौँ । गुरुयोजनाका लागि नेपाल सरकारको पैसा चाहिँदैन । साढे ३ सय कर्मचारी छ, त्यो तलव पनि हामी व्यहोर्छौं । तर पोलिसी बनाइदिनुस् । हामीसँग पोलिसी छैन । यो गम्भीर कुरा हो ।’

आफू थाइल्याण्डको कार्यक्रम र युनेस्कोको कार्यक्रमबाहेक अन्य विदेश भ्रमणमा नगएको दाबी गरे ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update