News 24 Television
ब्राण्डेड परफ्यूम ‘बेलाभिट्टा’ को धमाधम तस्करी ! अवैध बाटोमा कनेक्सन कहाँसम्म ?

काठमाडौं । फेसबुक, इन्सटाग्राममा वा टिकटक स्क्रोल गर्दै गर्दा तपाईंको आँखामा ‘सस्तोमा ओरिजिनल परफ्यूम’ देखेर लोभ लागेको छ ? होसियार रहनुहोस, यस्ता परफ्यूम अवैध छन्, र तपाई अवैध धन्दालाई फस्टाउन सहयोगी बन्दै हुनुहुन्छ । अर्थात, ‘सस्तोमा ओरिजिनल परफ्यूम’ भनिएका प्राय सबै परफ्युम भन्सार महसुल नतिरी, सरकारी आँखा छल्दै, करोडौँको अवैध धन्दाका अस्त्र बनेका  छन् । परफ्युमबाटै करोडौंको अवैध धन्दा कसरी फस्टाइरहेको छ त ?

‘सस्तोमा ओरिजिनल परफ्यूम’ का नाममा धमाधम भइरहेको छ अवैध व्यापार । सरकारको आँखा छलेर गुपचुपबाटोबाट करोडौंका परफ्यूम ओसारपसारको यो भयावक तस्करी । सरकारमात्रै होइन, सस्तोमा फरफ्युम पाइयो भनि मख्ख नेपाली ग्राहक पनि धमाधम ठगीदैछन् । भन्सार छलेर ल्याएका परफ्यूमहरू थोकमा अनलाइन विक्रेताको हातमा पुग्छन् र फेसबुक, इन्स्टाग्राम र टिकटोकमा चम्किला तस्बिर, इम्पोर्टेड, सीमित अफर, डिस्काउन्टका नाममा विज्ञापन गरिन्छ । 

ग्राहक लोभमा पर्छन् पैसा पठाउँछन् । तर धेरैले हातमा म्याद गुज्रिएको, गुणस्तरहीन, कहिलेकाहीँ त नक्कली परफ्यूम पाउँने गरेका छन् । भारतसंग सीमा जोडिएका नाकाहरूबाट हरेक दिन महँगा विदेशी ब्रान्डका परफ्यूमहरू गुप्त बाटो हुँदै नेपाल पस्छन् । यस्ता अनौपचारिक मार्गहरू छन्, जहाँ प्रहरी र भन्सारको चेकिङ दुर्लभ हुन्छ । तर, त्यो मात्र होइन तस्करले निश्चित रकम बुझाउने बित्तिकै उनीहरूको बाटो अझै सजिलो बन्ने गरेको छ । 

त्यसैको पछिल्लो उदहारण हो, बेलाभिट्टा परफ्यूमको तस्करी । यो परफ्यूमको तस्करी कसरी भैरहेको छ भन्नुभन्दा पहिले यो ब्राण्डको बारेमा चर्चा गरौं । बेला भिटा अर्गानिक २०१८ मा सुरु भएको एक भारतीय कम्पनी हो । यो अत्तर प्राकृतिक सामग्रीबाट बनेको र छालामैत्री पनि रहेको कम्पनीले दाबी गर्दै आएको छ । यसले लामो समयसम्म टिक्ने सुगन्ध दिन्छ । 

राम्रो सुगन्ध चाहनेहरूका लागि उत्कृष्ट विकल्प हो । भारतका उत्कृष्ट परफ्यूम ब्रान्डहरूको सूचीमा समावेश गरिएको बेला भिटा अर्गानिक ब्रान्डले सबैलाई किफायती मूल्यमा लक्जरी अत्तर र सुगन्धित बाथ र बडी रेन्ज प्रदान गर्ने लक्ष्य राखेको छ । 

नेपालमा यसको ५ हजार बढी स्टोरहरू रहेका छन् । अमेरिका, यूके, पोल्याण्ड, अस्ट्रेलिया, मालदिभ्स, इटाली लगायतका देशमा यसले अफ्नो बजार बिस्तार गरिसकेको छ । अबको ५ बर्षमा विश्वको एक नम्बरको ब्राण्ड बन्ने लक्ष्य राखेको छ । र, बेला भिटा ब्रान्ड सबैका लागि पहुँच योग्य रहेको पनि कम्पनीको दाबी छ । 

अब कुरा गरौं तस्करीको 

भारतीय ब्राण्ड र भारतसँग सीमा जोडिएकाले पनि बेलाभिट्टा परफ्यूम नेपालमा भित्रनु आश्र्चयको विषय छैन । तर, भन्सार छलेर ल्याएका परफ्यूमहरू थोकमा अनलाइन विक्रेताको हातमा पुग्छन् र फेसबुक, इन्स्टाग्राम र टिकटोकमा चम्किला तस्बिर, इम्पोर्टेड, सीमित अफर, डिस्काउन्टका नाममा विज्ञापन गरिन्छ । ग्राहक लोभमा पर्छन् पैसा पठाउँछन् । तर धेरैले हातमा म्याद गुज्रिएको, गुणस्तरहीन, कहिलेकाहीँ त नक्कली परफ्यूम पाउँने गरेका छन् । यो धन्दाको संरचना तीन तहमा विभाजित रहेको अनुसन्धानले देखाएको छ । 

पहिलो तहमा सीमा पारकर्ता छन्, जो भारतीय बजारबाट सामान  ल्याउँछन् । दोस्रो तहमा स्थानीय समन्वयकर्ता छन्, जो भन्सार र सुरक्षासँग सेटिङ मिलाउँछन् । अन्तिम तहमा अनलाइन विक्रेता छन् जसले सामाजिक सञ्जालमार्फत देशभर पठाउँछन् । यस अवैध व्यापारले सरकारलाई करोडौँ रुपैयाँको राजस्वबाट वञ्चित गराइरहेको छ । वैध आयातकर्ताहरू कर तिरेर ल्याएको परफ्यूम तस्करीको मूल्यसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । 

– भेलाभिटा ब्रान्डका धेरै उत्पादनहरू कानूनी रूपमा अनिवार्य गरिएको आयातकर्ता विवरणबिनै बजारमा बिक्री भइरहेका छन् । 

– अझै चिन्ताजनक कुरा के भने, यीमध्ये अधिकांश उत्पादनहरू बिना आधिकारिक डिलरसीप खरिदबिक्री भइरहेका छन् । 

– यी उत्पादनहरूको मूल्य अस्वाभाविक रूपमा न्यून निर्धारण गरिएको छ, जसले बिना भन्सार दस्तुर तिरेर अवैध रूपमा आयात भएको गम्भीर आशंका जन्माएको छ । 

– यस्ता क्रियाकलाप राजस्व चोरीको श्रेणीमा पर्नुका साथै, विद्यमान आयात नियम र व्यापार मापदण्डको प्रत्यक्ष उल्लंघन हो । 

– यसले उत्पादनको गुणस्तर, उपभोक्ता सुरक्षा र निष्पक्ष प्रतिस्पर्धामा नकारात्मक असर पार्दै उपभोक्ताको हितविपरीत परिणाम ल्याउने जोखिम बढाएको छ ।

सीमा जोडिएको जिल्लाको अवस्था

बेलाभिटा ब्रान्डका कस्मेटिक आइटम देशभर नै पाइन्छ, अनि देशका मुख्य मुख्य सहरहरुमा अवैधरुपमा भित्रिएका बेलाभिट्टाका शौन्दर्य सामग्रीहरुको खुल्लमखुल्लम विक्रि वितरण भइरहेको छ । अवैधरुपमा भित्रिएका सामग्रीहरुको सामाजिक सञ्जालहरुमार्फत् यसरी मार्केटिङ पनि भइरहेको छ । 

देशका मुख्य सहरहरु इटहरी, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज लगायतमा तस्करी गरेर ल्याइएका बेलाभिट्टाका सामाग्रहरु निर्वाधरुपमा विक्रि भइरहेको छ । तर यसरी अवैधरुपमा विक्रि भइरहेका सामग्रीहरुको नियन्त्रण र आवश्यक कारबाही प्रक्रियामा प्रशासनको ध्यान पुग्न सकेको छैन । 

सुनसरीका बजारमा समेत पाइने गरेको छ । बिशेषत यो ब्रान्डका परफिम्यूम खुद्रा र अनलाइन मार्फत बजारमा पाइने गरेको हो । आयातकर्ता विवरण समेत नभएको र अत्यन्त सस्तो मूल्यमा बिक्री भइरहेको यो ब्रान्डको परफ्युम भारतबाट भन्सार छली गरी ल्याइएको मानिएको छ । आधिकारीक डिलरसिप समेत नभएको यस ब्रान्डका सामान सेल्स अफिर्सस मार्फत बजारमा आउने गरेको छ । 

व्यक्ति मार्फत आउँदा यस्ता सामानहरूको गुणस्तर कस्तो हो भन्ने यकिन जानकारी नहुँदा बजारमा यसको परफियम किनबेच भइरहेको पाइएको छ । तर हाल बजारमा यस ब्रान्डका प्रतिनिधिहरू आउन छाडेपछि समानहरू होलसेल तथा रिटेलरहरु मगाउन छाडेका छन् ।

इटहरीका केही होलसेल तथा रिटेलर कस्मेटिक पसलहरूमा यो ब्रान्डका परफियम सेट केही समय अघि बिक्री गरेको बताएका छन् । 

कुमार बस्नेत र विवेक साह नाम गरेका व्यक्ति मार्फत आफ्नो पसलमा सामान ल्याइएको व्यवसायीले बताएका छन् ।

बजार र सामाजिक सञ्जालमा यस ब्रान्डको परफ्यूम निकै माग भए पनि बजार प्रतिनिधि नआउँदा सामान अर्डर गर्न नसकेको समेत व्यवसायीहरूको भनाई छ । 

यसरी अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका ब्राण्डको नै खुलेआम तस्करी चल्नुले ब्राण्ड भ्याल्युमा समेत प्रत्यक्ष प्रभाव पर्छ । राज्यले राजश्व गुमाउने कुरा त छदैछ । गुणस्तरीय र वैध बजारका लागि सरकारले यस किसिमका तस्करी रोक्नतर्फ विशेष ध्यान पु¥याउनै पर्छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update