News 24 Television
विदेशीएका नेपालीहरु विग्रदो बाटोमा ! कुलतले भयानक घटना निम्त्याउँदै 

काठमाडौं । कुलत अर्थात गलत बानी । कुनै पनि खराब आचरण सिक्नु र त्यसैमा फस्दै जानु कुलत  हो । नेपालमा मात्रै होइन विदेशमा पनि कुलतमा फस्नेहरुको अवस्था भयावह छ । विश्वमै विशेषगरि युवा समूह कुलतको दलदलमा बढी छन् । नेपालीहरु त आफ्नो देशमा मात्रै होइन, विदेशमै पनि कुलतमा फसेर दर्दनाक अवस्थासम्मका घटना समय–समयमा बाहिरिने गरेका छन् । 

स्वास्थ्य र समाजका लागि घातक बानीमा फस्नु र सोही अनुसार गतिविधि गर्नु नै कुलत हो । पछिल्ला वर्षहरुमा कुलतले जीवन नै बर्बाद गर्नेहरु लाखौं छन् । 

यो संख्या बढ्दो क्रममा छ । लागुऔषध दूव्र्यसनीदेखि धुम्रपान अनि मध्यपानले विशेषगरि युवा समूह बढी ग्रस्त देखिएको छ । नेपालका युवाहरु पनि यस्ता कुलतको दलदलमा फसिरहेका छन् । त्यो पनि विदेशी भूमिमा । यसैका कारण ज्यान गुमाउनेहरुको संख्या बढ्दो छ । 

विदेशमा गएका करिब कति नेपालीहरु कुलतमा छन् होला त ? यो चासोको विषय हो । यसबारे चर्चा पहिले नेपालबाट बाहिरिनेहरुको संख्या र अवस्थाको परिदृष्य हेरौं । 

विदेश जाने समयको स्वास्थ्य अवस्था

-   १८ वर्षदेखि ५२ वर्षसम्म उमेरका नेपालीहरु रोजगारीको शिलशिलामा खाडीलगायत विभिन्न मुलुक जानेक्रम बढ्दै 

-    विदेश जानुअघि उनीहरुको स्वास्थ्य परीक्षण गरिन्छ । 

-    काम गर्नेसक्ने क्षमता भएका र कुनै पनि रोग नलागेका व्यक्तिलाई मात्र विदेशीले भिसा दिन्छन् । 

-    देशमै बसेर आफ्नो भविष्य निर्माण गर्ने बेला युवाहरु निरोगी अवस्थामा विदेश जान्छन् । 

-    तर, फर्किदासम्म उनीहरुमध्ये केही  कुलतमा फसि नै सकेका हुन्छन् । 

-    विशेषगरि खाडी मुलुक गएकाहरुमध्ये कोही दुई वर्षमै फर्किन्छन् त कोही दशकसम्म त्यहीँ बस्छन् । 

-  खाडी मुलुकबाहेक अन्य मुलुकमा गएकाहरु झनै कुलतमा फसिरहेका घटना बाहिरिरहेका छन् । 

-   विकसित मुलुकमा लागुऔषधको कारोबार पनि बढ्दो क्रममा रहेको र नेपालीहरु यस्तै कुलतमा फसिरहेको देखिन्छ । 

-    विशेषगरि, युवा–युवती लागूऔषध, मादक पदार्थ, जुवातासमा फसिरहेका छन् । 


विदेश जानेहरुको पछिल्लो तथ्यांक कस्तो ? दक्षता विना नै जानेहरु लाखौं

-   वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०८१÷८२ मा मात्रै ८ लाख ३९ हजार २ सय ६६ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिए 

-    यो संख्या नेपालबाट हुने श्रमिक पलायन अझै तीव्र भएको संकेत हो ।

-    विदेश जाने श्रमिकमध्ये अधिकांश अदक्ष श्रमिक छन् । 

-    एक वर्षमै २ लाख ७ हजारभन्दा बढी नेपाली सीप नलिई विदेशिएका छन्, जसमा २ लाख २ जना पुरुष र २४ हजारभन्दा बढी महिला रहेका छन् ।

-   वर्षौँदेखि सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सीपमूलक तालिम दिएर पठाउने नीति ल्याउँदै आएको भए पनि व्यवहारमा भने अदक्ष श्रमिककै बाहुल्यता देखिएको छ ।

-    तरपनि, सीप लिएर विदेशिनेहरूको संख्या पनि उल्लेख्य रहेको छ । 

-    गत वर्ष ५ लाख ६ हजारभन्दा बढी नेपालीले तालिम लिएर विदेशिएका छन् । 

-   तीमध्ये ४ लाख ४७ हजारभन्दा बढी पुरुष र ५९ हजार ७ सय ५४ महिला छन् ।

-    अर्धदक्ष श्रमिकको संख्या ९९ हजार ७ सय २३ छ भने व्यावसायिक तहमा ४ हजार ३ सय ७२ जना विदेशिए ।

-    दक्ष श्रमिकको संख्या न्यून ः जम्मा ९ सय ३७ जना दक्ष जनशक्ति विदेशिएको जसमा ६ सय ९२ पुरुष र २ सय ४५ महिला छन् ।
-    पछिल्लो आर्थिक वर्षमा नेपाली श्रमिक १५१ देशमा वैधानिक रूपमा गएका छन् । 

-    यूएई, साउदी अरब, कतार, कुवेत र मलेसिया नेपाली कामदारका प्रमुख गन्तव्य  हुन् । 

-    १२ देशमा भने एक–एक जना मात्र नेपाली श्रमिक गएका छन् ।

फर्केर आउने, नआउने छैन सुनिश्चित

-    वैदेशिक रोजगारमा जानेहरूको तथ्यांक विभागसँग भए पनि फर्किएर आउने र उतै स्थायी बसोबास गर्नेहरूको यकिन तथ्यांक छैन । 

-   पछिल्लो समय खाडी मुलुक मात्र होइन, युरोपेली राष्ट्रहरूमा समेत नेपाली श्रमिकको आकर्षण बढेको 

बढ्दो विदेश लहड र अदक्ष जनशक्ति चिन्ताको विषय

-   नेपाली समाजमा दशकौँदेखि श्रम निर्यातलाई वैदेशिक मुद्रा आर्जनको मुख्य विकल्प मानिँदै 

-   तर, अहिले आएर यही श्रम पलायनले मुलुकले सीपयुक्त जनशक्ति गुमाउँदै गएको चिन्ताजनक अवस्था 

-    सीपविहीन श्रमिकको बढ्दो संख्या, देशभित्र रोजगारीको न्यून अवसर र सीप विकास तालिमको कार्यान्वयन पक्ष कमजोर हुँदा अबको भविष्य गम्भीर बन्ने जोखिम छ । सरकारको ‘तालिम दिएर पठाउने’ योजना अझै कागजमै सीमित रहेकाले आफ्नो जिम्मेवारी पुरा गर्न राज्यले ध्यान दिनै पर्नेछ । 

विदेशमा कुलतमा फस्ने नेपाली बढ्दै, कारण के ?

-   काम गर्ने क्षमता अभाव र विदेशमा पढ्न गएकैहरु पनि जीवन व्यवस्थापनका लागि कठिन परिस्थितिबाट गुज्रने अवस्था अहिलेको छ । 
-    त्यसैले विदेशमा पनि कुलतमा फसिरहेका छन्, नेपालीहरु । 

-  लागुऔषध सेवनदेखि मध्यपानले विदेशमै ज्यान गुमाउने नेपालीहरु पनि बढेका घटना बाहिरिरहेका छन् । 

-    कुवेतमा विषाक्त रक्सी सेवनबाट नेपालीहरुको मृत्युको घटना पनि प्रतिबन्धित कार्यकै एक परिणामका रुपमा समेत लिन सकिने देखिन्छ । 

-    विदेशी भूमिमा विशेषगरि पढाईका लागि भनेर विदेशीएकाहरु कुलतमा फस्नेक्रम बढ्दो छ ।

-   यद्दपी, खाडी मुलुक गएका नेपाली श्रमिकहरु समेत कुलतमा फसेर त्यहाँ प्रतिबन्धित गतिविधिमा सामेल भएर ज्यानसम्म गुमाइरहेका छन्, भने सयौं नेपालीले विदेशमा जेल जीवन विताइरहेका छन् । 

यि सबै अवस्थाले विदेशमा मानसिक रोगबाट ग्रसितहुने नेपालीहरु पनि बढेका छन् । यि र यस्ता समग्र अवस्थालाई ध्यानमा राखि विदेशमा रहेका आफ्ना नागरिकको रक्षा एवम् सहजताका लागि सरकारले विशेष योजना ल्याउँदै प्रभावकारी कदम चाल्न आवश्यक देखिन्छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update