News 24 Television
नेपाली पर्वतारोही पाण्डेले गरे इण्डोनेसियाली हिमालको सफल आरोहण 

काठमाडौं । नेपाली पर्वतारोही प्रकाश राज पाण्डेले इण्डोनेसियामा रहेको काष्ट्रेन्ज पिरामिड हिमशिखरको सफल आरोहण गरेका छन् । यसै साता अगष्ट १७ तारिखमा ओसिनिया क्षेत्रको सर्वोच्च हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् । 

इण्डोनेसियाको पपुआ प्रान्तमा पर्ने उक्त हिमालमा आरोही पाण्डेले स्थानीय समय अनुसार बिहान ९ः३० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएका थिए । सेभेन समिट अभियान अन्तर्गत सातै महादेशका सर्वोच्च शिखरहरुको आरोहण गर्ने महात्वाकांक्षी लक्ष्य पछ्याई रहेका पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झण्डा लिई अगष्ट ११ मा इण्डोनेसिया तर्फ लागेका थिए । 

सेभन समिटको यस विशेष अभियानमा उनको यो पाँचौं हिमाल आरोहण हो भने समग्रमा दर्जन बढी हिमाल उनले चढिसकेका छन् । सन् २०२२ देखि उनी यस अभियानमा लागिरहेका छन् । 

२०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढेका पाण्डेले यसअघि रुसमा रहेको युरोपको उच्च हिमाल माउण्ट एलब्रुस उक्लिन सफल भए भने २०२४ को नोभेम्बरमा तान्जानियामा रहेको अफ्रिकी महादेशको उच्च हिमशिखर किलिमन्जारोको पनि सफल आरोहण गरे । 

तत्पश्चात यसैवर्ष फेब्रुअरीमा दक्षिण अमेरिकी महादेशको उच्च हिमशिखर अकोन्कागुआको सफल आरोहण पनि पाण्डेले गरिसकेका छन् ।

भूमèयरेखीय क्षेत्रको उच्च तापक्रम रहने क्षेत्रमा पिरामिड शैलीमा अग्लिएको यो हिमालले निकै चुनौती पेश गरेको आरोही पाण्डेले बताए । 

नेदरल्याण्डका समुद्री खोजकर्ता जोन काष्ट्रेन्जले इक्वेटरमा लगभग थ हजार मिटरको उचाइ भएको हिमाल पत्ता लागेको कुरा युरोपेली सञ्चार माध्यममा आउँदा भूमध्य रेखा आसपासमा त्यति उचाइको पहाड रहेकोमा विश्वास गरिएको थिएन । त्यही हिमालले अहिले विश्वका पर्वतारोहीहरुलाई हाँक दिंदै निमन्त्रणा दिइरहेको छ ।

“यस हिमालको बनोटका कारणले डोरीको भरमा धेरैजसो आरोहण गर्नुपर्ने हुन्छ । रक क्लाइम्बिङ शैलीमा चढ्नुपरेका कारणले यो आरोहण अझ कठिन लाग्यो” हिमाल नजिकको शहर तिमिकाबाट पाण्डेले सुनाए । “त्यसले आरोहीहरुलाई चुनौती दिनुका साथै आरोहीहरुको सन्तुलन क्षमता र टेक्निकल सुझबुझको समेत जाँच लिइरहेको हुन्छ” पाण्डे सुनाउँछन् । 

2-1755488384.jpeg
अडिनै अप्ठेरो हुने उक्त हिमालको चुचरोमा त्रिकोणकार नेपाली झण्डा फहराउँदा गौरव महशुश भएको बताउँदै आरोही पाण्डेले नेपाल
स्काउट र रोटरी इन्टरनेशनल लगायतका सामाजिक संस्थाहरुको झण्डा पनि ती संस्थाहरुको सदस्यको रुपमा आफूले फहराउन पाउँदा निकै खुसी लागेको बताए ।

नेपाली आरोही पाण्डेसँगै दुई अमेरिकी, एकजना पोल्याण्डका आरोही र दुई स्थानीय आरोही सहित ६ जनाको टोली चुचरोमा पुगेको थियो । आजै इण्डोनेसियाको ८०औं स्वतन्त्रता दिवस परेकोले इण्डोनेसियाली आरोही सहितको स्थानीय
समूहले विशेष खुसी मनाएको आरोही पाण्डेले बताए ।

आफ्ना सबै हिमाल आरोहणमा जलवायु परिवर्तनको मुद्दा उठाउँदै आएका पाण्डेले यस अभियानमा पनि सम्बन्धित सरकारी निकायमा सो सम्बन्धमा छलफल गर्नुका साथै विभिन्न देशका आरोही र उक्त क्षेत्रका स्थानीयहरुसँग जलवायु परिवर्तनका विषयमा छलफल परामर्श गरेको उनले बताए । भूमèय रेखाको आसपास अन्य स्थान भन्दा बढी तापक्रम हुने भए पनि अहिले गर्मी निकै बढेको रहेछ भने अत्यधिक वर्षा हुने गरेको र त्यसले वातावरणीय सन्तुलनमा नकारात्मक असर परेको स्थानीयको अनुभव हामीलाई सुनाए । 

समान्यतया वर्षैभरी एकैनासको मौसम रहने गरेकोमा अहिले चरम मौसमी अवस्था झेल्नु परेको रहेछ । जलवायु परिवर्तनले गरेको असरका सम्बन्धमा नेपालले भोग्नुपरेको अवस्था पनि आफूले उनीहरुसँग सेयर गरेको पाण्डेले बताए । इण्डोनेसियाको स्वतन्त्रता दिवसकै दिनमा आरोहण सफल भएकोले यस अभियानले दुई देशका जनता थप नजिक हुन मदत गर्ने आशा पर्वतारोही पाण्डेले व्यक्त गरे । 

विश्वमा शक्ति राष्ट्रबीचको द्वन्दले ध्रुवीकरण बढिरहेको बेला नेपाल समेत सम्मिलित रही इण्डोनेसियाको बानडुङमा भएको सम्मेलनले विश्वव्यापी असंलग्न अभियानको सुत्रपात गरेको थियो । आफ्नो यस आरोहणले दुई देशका जनताले एकआपसमा परिचित गराउने र भ्रमणहरु आदानप्रदान भई दुर्व देशको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास उनको छ ।

सेभेन समिट अभियानमा पाण्डेले अब उत्तर अमेरिकी महादेश, अन्टार्कटिका महादेश र अष्टे«लियाको हिमाल आरोहण गर्न बाँकी रहेको बताए । उपयुक्त मौसममा संयुक्त राज्य अमेरिकामा रहेको डेनाली हिमाल, अन्टार्कटिकाको भिन्सन र अष्टे«लियाको कोसिउज्कोको आरोहण गर्ने पाण्डेले सुनाए । 

सन् २०१८ मा पहिलोपटक सगरमाथा चढेपछि आफूमा सेभेन समिटको आकांक्षा पलाएको बताउने पाण्डेले अन्य महादेशका हिमालहरु आरोहण गरिसकेर पुनः नेपालमै आएर सगरमाथामा यस अभियानको समापन गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update