
रुपन्देही । आफ्ना उत्पादन एकै छानामुनी उपलब्ध गराउने उद्देश्यसहित भैरहवामा ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याइएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–१५ स्थित यशोदा पूmड्स प्रा.लि. ले सिद्धार्थनगर–७, नयाँ सडकमा ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको हो ।
उद्योगबाट उत्पादित ५० बढी खाद्य उत्पादनहरु सर्वसाधरणलाई एउटै छानामुनी उपलब्ध गराउनका लागि यशोदा पूmड्स प्रा लि ले शुक्रबारबाट भैरहवामा मार्ट संचालनमा ल्याएको छ । करेन्ट मार्टको शुक्रबार सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले उद्घाटन गरे । उनले रुपन्देहीमा रहेको उद्योगले अन्तर्राष्ट्रिय बजारमा स्वाष्टि, गुणस्तरीय र लाभदायक चाउचाउ उत्पादन गरिरहेको जनाउँदै यसमा सबैले गर्व गर्नुपर्ने बताए ।
एकै ठाउँमा करेन्टका धेरै स्वाद लिन पाइने र यस्ता प्वाइन्टले आर्थिक विकासमा सहयोग पुग्ने जनाए । भैरहवा क्षेत्रको आर्थिक क्षेत्र चलायमान बनाउन सहयोगी हुने उनको भनाई छ ।
कम्पनीका संचालक मधुसुदन घिमिरेले करेन्टका पारखीहरुलाई लक्षित गरी यस्ता मार्टहरु विभिन्न सहरहरुमा संचालन गर्न लागिएको जनाएका छन् । यसअघि कम्पनीले बुटवल र काठमाडौंमा करेन्ट प्वाइन्ट संचालनमा ल्याएको छ । केही दिनमै काठमाडौंमा अर्को मार्ट खोल्ने तयारी गरिएको घिमिरेले बताए ।
कम्पनीले देशभर ‘करेन्ट मार्ट’ संचालनमा ल्याउने अवधारण अन्तर्गत भैरहवामा शाखा विस्तार गरी शुभारम्भ गरेको हो । ‘करेन्ट मार्ट’ मा सर्वसाधरणहरुले उद्योगद्वारा उत्पादित करेन्ट ब्राण्ड अन्तर्गतका विभिन्न परिकारका तयारी चाउचाउको खरिद गरेर लैजान पाउने छन् ।
‘करेन्ट मार्ट’ मा उद्योगद्वारा उत्पादित भान्सामा लाग्ने सबै ब्राण्डका परिकार राखेको र यहाँ सर्वसाधरणले इच्छा अनुसार कम्पनीका उत्पादिक सामाग्री खरिद गरी स्वाद लिन सक्नेछन् । मार्टमा उद्योगद्वारा उत्पादित विभिन्न परिकारप्रतिको सुझाव समेत संकलन गर्ने र आवश्यक सुझाव कार्यान्वयन गर्ने प्रालिले जनाएको छ । विश्व बजारमा आफ्नो उत्पादनहरु निकासी गरिरहेको कम्पनीले मुलुकभर यस्ता करेन्ट मार्ट संचालनको योजना बनाएको कम्पनीका निर्देशक ऋषि भण्डारीको भनाइ छ । उनले कम्पनीले उत्पादनसँगै सयौं किसानलाई कृषिप्रति आकर्षित गराएको जनाए ।
प्रालिले आफ्नो सबै उपभोग्य उत्पादन करेन्ट मार्टमा पाइने जनाएको छ । हरेक मानिसका चाउचाउ खाने पनि अनेक तरिकाहरु हुने जनाउँदै जसलाई ‘करेन्ट मार्ट’ बाट पस्किने जनाइएको छ । करेन्ट मार्टमा हाल ५ जनाले रोजगारी पाएका छन् ।
यता उद्योगमा भने प्रत्यक्ष ३ सय बढी रोजगाररत छन् । यस्तै, किसान, डिलरसहित अप्रत्यक्ष रोजगारी भने ५ हजार बढीले पाएको उद्योगले जनाएको छ ।