
कास्की । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनलाई सेटिङ मिलाएर धरौटीमा छाडेको सहकारी पीडितहरुले आशंका गरेका छन् । सूर्यदर्शन सहकारीबाट पीडित बनेकाहरुले पोखरामा पत्रकार सम्मेलन गरेर यस्तो आशंका व्यक्त गरे । उनीहरुले सूर्यदर्शन ठगीका योजनाकार जिबि राईका जेठान समेत रहेका बमजनलाई प्रहरी र न्यायलयको सेटिङमा छोडिएको आरोप लगाएका छन् ।
सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर बमजनलाई सेटिङ मिलाएर धरौटीमा छाडेको सहकारी पीडितहरुले आशंका गरेका छन् । सूर्यदर्शन सहकारी पीडितहरुले पोखरामा पत्रकार सम्मेलन गरेर यस्तो आशंका व्यक्त गरेका हुन् । बमजनलाई जिल्ला अदालत कास्कीले आईतबार १० लाख रुपैया धरौटीमा छाड्ने आदेश गरेको थियो ।
अमेरिकामा रहेका उनी आईतबार जिल्ला अदालतमा उपस्थित भएका थिए । बमजनलाई एकै दिनमा थुनछेक बहस सकेर धरौटीमा छाडिएको थियो । यस्तै गतिविधिका कारण सहकारी पिडीतहरुले सूर्यदर्शन ठगीका योजनाकार जिबि राईका जेठान समेत रहेका बमजनलाई प्रहरी र न्यायलयको सेटिङमा छोडिएको आरोप लगाए । सरकारवादी मुद्दामा सरकारी वकिललाई जानकारी नगराई गरेको आदेश मान्य नहुने सहकारी पिडितको तर्क छ ।
पीडितले आईतबारको थुनछेक बहसमा सरकारी वकील सहभागी नभएको दाबी गरिरहँदा आदेशमा भने सरकारी वकीलले थुनछेक बहसमा सहभागिता जनाएको उल्लेख छ । तर यी सबै एकलौटी तरिकाले सेटिङमा गरिएको पिडित भिमप्रसाद चपाई बताउँछन् ।
सहकारी पिडितहरु कास्की अदालतमा दिनभर बस्दा बहसमा अभियोजनकर्ता सरकारी वकील नदेखिएको तर अदालतले बहस गरेर फर्कि सकेको जस्ता जवाफले पूर्णरुपमा जालझेल र षडयन्त्र भएको आरोप पिडितहरुको छ । अदालतप्रति अझै पनि विश्वास रहेको तर यस्ता गतिविधिले न्यायालयमाथी नै शंका उत्पन्न भएको सहकारी पिडितको भनाई छ । कास्की अदालतले आइतबार गरेको आदेश बदरको माग उनीहरुको छ ।
सूर्यदर्शन सहकारी ठगीमा पहिलो पटक १९ जना र दोस्रो पटक पुरक अभियोजनमार्फत ४४ जना गरी ६३ जनाविरुद्ध मुद्दा चलाइएको छ । यस मुद्दामा मुख्य योजनाकार जीबी राईसहित छविलाल जोशी, रवि लामिछाने लगायत छन् । रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाडिएको थियो ।